back
CTIZAN AD

पर्सामा १० प्रतिशत धानबालीमा रोग र कीराको प्रकोप

वि.सं.२०७७ असोज २५ आइतवार

738 

shares

२५ असोज, वीरगञ्ज । लामो समयदेखि युरिया मलको अभाव खेपिरहेका पर्साका किसानले यस वर्ष लगाएको १० प्रतिशत धानबालीमा रोग र कीराको प्रकोप देखिएको छ । जिल्लाको ग्रामीण भेगमा लहलहाउँदो धानको बाला देखेर हर्षित किसान युरिया मलको अभाव हुँदा धानमा बाला लाग्ने समयमा गबारो, फड्के र घोक्रे कीराको प्रकोप देखिएपछि यस वर्ष धान उत्पादन घट्ने किसान विजय पण्डितले बताएका छन ।

बारा जिल्ला, गडहल गाउँमा २२ कठ्ठा जग्गामा धान खेती गर्दै आएका किसान पण्डितले कीराको प्रकोपका कारण धान सुकेर पहेँलो देखिएकाले यस वर्ष धान उत्पादनमा कमी आउने चिन्ताले सताएको बताए ।

पर्सा जिल्लाका किसानले भारतीय तथा सिफारिस गरिएको धान लगाएका कारण कीराको बढी प्रकोप भएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा रामचन्द्र यादवले राससलाई बताए । रोगका कारण धान फले पनि दाना नलागेको, पात पहेँलो देखिएको जस्ता लक्षणको कारण यस पालि यस्तो समस्या आएको र रोग नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।

रोग र कीराको प्रकोपका कारण धानको बालामा दाना नलाग्ने, बोट कुहिने र पात पहेँलो भएर सुक्ने समस्या देखिएको छ । पर्सा जिल्लामा यस वर्ष किसानले ४६ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती गरेका छन् ।

यसैबीच धानखेतीलाई अत्यावश्यक युरिया मलको तीन महिनादेखि अभाव देखिएपनि कात्तिक मसान्तभित्र आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ । सरकारी स्वामित्वमा रहेको सो कम्पनीले बङ्गलादेशबाट सापटीमा नेपाल सरकारले ल्याउन लागेको ५० हजार मेट्रिक टन युरिया ढुवानीका लागि बोलपत्र स्वीकृति भइसकेकाले कात्तिकभित्र आइपुग्ने प्रादेशिक कार्यालय प्रबन्धक गोरखनाथ केसीले राससलाई बताए । उनले बङ्गलादेशबाट नेपालका लागि आउने ५० हजार मेट्रिक टन युरिया मलमध्ये पर्सा जिल्लाका लागि २५ हजार आउने छ ।

चालु आर्थिक वर्षको साउन महिनादेखि युरिया मलको अभावको कारण धान खेतीमा रोग कीरा लाग्न थालेको किसानको भनाइ छ । सो कार्यालयले धान खेतीलाई लक्ष्य गरी जिल्लामा असारसम्म युरिया मल बिक्री गरेको थियो तर मल सकिएकाले सोको अभाव हुन गएको हो । सो कार्यालयले प्राप्त गरेको मल प्रदेश नं २, वाग्मती र गण्डकीका १६ कार्यालयमा पठाउँदै आएको छ । यसैगरी सो कार्यालयले आर्थिक वर्ष २०७६ । ०७७ मा युरिया छ हजार टन, डिएपी छ हजार टन र पोटास ७०० टन बिक्री गरेको छ ।

गत पुसमा मल ल्याउने ठेक्का पाएका शैलुङ्ग इन्टरप्राइजेज र होनीको मल्टिपलले समयमा रासायनिक मल ल्याउन नसक्दा युरियाको अभाव देखिएको हो । मन्त्रालयले सापटीमा मल ल्याउन अनुमति दिएपछि कृषि सामग्री कम्पनी लिमिटेडले सात दिनको समय राखेर बोलपत्र आह्वान गरिसकेको छ ।समयमा रासायनिक मल नआउँदा यस भेगमा गरिने धानखेती मात्र नभएर मकै, मसुरोलगायत बर्खेबाली खेती प्रभावित हुने गरेको किसानको भनाइ छ । रासस

वि.सं.२०७७ असोज २५ आइतवार १६:२५ मा प्रकाशित

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र छपाइ तथा सूचना प्रणाली व्यवस्थापनको...