back
CTIZAN AD

सीमामा सुरक्षापोष्ट थप्दै सशस्त्र प्रहरी

वि.सं.२०७७ असोज २५ आइतवार

669 

shares

२५ असोज । राष्ट्रिय महत्वका चाडवाड नजिकिँदै गर्दा सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सीमा सुरक्षापोष्ट (बिओपी) थप गरेको छ । भारतसँगको सीमा क्षेत्रमा सुरक्षापोष्ट थप्ने पूर्वनिर्णयानुसार आज मरुवाहीमा नयाँ पोष्ट स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।

सशस्त्र प्रहरी बल प्रदेश नं २ बाहिनीपति कृष्णभक्त ब्रह्मचार्यले नयाँ सीमा सुरक्षापोष्टको आज उद्घाटन गरे । नवस्थापित सीमा सुरक्षापोष्ट मरुवाही नेपालभारत सीमासँगै जोडिएको एकडारा गाउँपालिकामा पर्छ । नयाँ पोष्ट सञ्चालनमा आएसँगै जिल्लामा अब सीमा सुरक्षापोष्टको सङ्ख्या आठ पुगेको सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेडक्वाटरप्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए ।

यसअघि जिल्लाका खैरबनी, रघुनाथपुर, सम्सी, पोखरभिण्डा, मनरा, भिठ्ठामोर र मटिहानीमा सशस्त्र प्रहरीका सीमा सुरक्षापोष्ट रहँदै आएका छन् । नयाँ पोष्टमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जना विन्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेडक्वाटरले जनाएको छ । भारतसँग महोत्तरी जिल्ला भरिमा ३८।४६ किलोमीटर दूरीको सीमा छ । सशस्त्र प्रहरीले यसअघि नै प्रदेश नं २ का आठ वटै जिल्लामा ७३ नयाँ सीमा सुरक्षापोष्ट स्थापना गर्ने गरी काम अघि बढाएको छ ।

वि.सं.२०७७ असोज २५ आइतवार १८:३२ मा प्रकाशित

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...