२५ असोज, काठमाण्डौं । नेपालमा आइतबार (२५ असोज) सम्म पिसीआर प्रविधिबाट ११ लाख ७६ हजार ९८४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १२,४२७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३१,३१५ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १३,६४६ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १७,६६६ रहेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३२९ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ३२, प्रदेश २ मा २०, बागमती प्रदेशमा २०२, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा ५०, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा २ जना गरी जम्मा ३२९ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा १० जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा ५५ र लुम्बिनी प्रदेशमा ९ जना गरी जम्मा ७६ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, काठमाडौ, भक्तपुर, ललितपुर, चितवन, रुपन्देही र सुर्खेत गरी ८ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु मनाङ र मुस्ताङ रहेका छन् ।
त्यस्तै आज थपिएका २०७१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ७ हजार ७७५ पुगेको छ । साथै आज १५५२ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ ।
आज २२ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ ।
आज उपत्यकाका १४१६ सहित २०७१ जना कोरोना संक्रमित थपिए
नेपालमा आज काठमाडौं उपत्यकाका १४१६ सहित देशैभरी २०७१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ११४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १२, ओखलढुंगा, सोलुखुम्बु, र झापामा १÷१ जना र मोरङमा ३ संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा २, पर्सामा १, बारामा ११, महोत्तरीमा १३, रौतहटमा ४, सप्तरीमा २८, सर्लाहीमा ३ र सिराहामा ७ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा ११४५, काभ्रेपलान्चोकमा ४, चितवनमा ३, दोलखामा ३, धादिङमा ६, नुवाकोटमा २५, भक्तपुरमा ११०, मकवानपुरमा ५, रामेछापमा ४, ललितपुरमा १६१, सिन्धुपाल्चोकमा ४, जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा २४, गोरखामा २०, तनहुँमा १, नवलपरासीपुर्वमा ३, पर्वतमा १, लमजुङमा ९, बाग्लुङमा ३६ र स्याङजामा २ जना संक्रमित थपिएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३४, कपिलवस्तुमा १०, गुल्मीमा ४, दाङमा ३२, नवलपरासीमा १३, पाल्पामा २, प्युठानमा ३, बर्दियामा १०४, बाँकेमा २०, रुकुमपुर्वमा २, रुपन्देहीमा ९८ र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको कालिकोटमा २, जुम्लामा १, डोल्पामा ३, दैलेखमा ९, रुकुमपश्चिममा ९, सल्यान र सुर्खेतमा २\२ जना संक्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको अछाममा १, कन्चनपुरमा १७, कैलालीमा ३६, डोटीमा १०, दार्चुलामा १ र बैतडीमा २ जना संक्रमित थपिएसँगै आज देशैभरी २०७१ जना संक्रमित थपिएका छन् । जसमा महिला ७०२ र पुरुष १३६९ जना रहेका छन् । आज थपिएका २०७१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १५५२ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ७५,४०४ पुग्यो
नेपालमा आज १५५२ जनाले कोरोना जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १५५१ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १५५१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७५ हजार ४०४ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ६,६१८, प्रदेश २ मा १४,९८३, बागमती प्रदेशमा २८,३०७, गण्डकी प्रदेशमा ४,१९७, प्रदेश नं ५ मा १०,७२४, कर्णाली प्रदेशमा ३,४४३ र सुदूरपश्चिम प्रदेशमा ७,५३२ जना गरी हालसम्म जम्मा ७५ हजार ४०४ जना निको भएका हुन् ।
यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ४२९, प्रदेश २ मा १२८, बागमती प्रदेशमा ३८३, गण्डकी प्रदेशमा ६११ ल्ुम्बिनी प्रदेशमा १४७४, कर्णाली प्रदेशमा ४९२ र सुदूरपश्चिम प्रदेशमा १०९६ जना गरी हालसम्म जम्मा ४,६१३ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।
यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा १२९९, प्रदेश २ मा ६२०, बागमती प्रदेशमा ९,३०८, गण्डकी प्रदेशमा ६२५, लुम्बिनी प्रदेशमा ११९९, कर्णाली प्रदेशमा ४७५ र सुदूरपश्चिम प्रदेशमा १५३ जना गरी हालसम्म जम्मा १३,६४९ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।
त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा २१८७, प्रदेश २ मा ५३४, बागमती प्रदेशमा ११,५२१, गण्डकी प्रदेशमा ५८० प्रदेश नं ५ मा १८४७, कर्णाली प्रदेशमा ४२६ र सुदूरपश्चिम प्रदेशमा ५७१ जना गरी १७,६६६ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु
नेपालमा आज कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ । यो संख्या दैनिक मृत्यु हुनेको संख्यामा अहिलेसम्मकै बढी हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ११ जिल्लाका २२ जनाको मृत्यु भएको छ । जसमा ५ जना महिला र १७ जना पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुने १७ पुरुषमा सुनसरीका ६५ वर्षीय, सर्लाहीका ३८ वर्षीय, काठमाडौंका ६०, ७०,७५ र ८३ वर्षीय, ललितपुरका ४९ वर्षीय, भक्तपुरका ४४ र ५७ वर्षीय, नुवाकोटका ७७ वर्षीय, चितवनका उमेर नखुलेका १ र ४७ र ९८ वर्षीय ३ पुरुष, सिन्धुपाल्चोकका ६३ वर्षीय, रुपन्देहीका ६०, ६१, र ८४ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी सुनसरीकी ६२ वर्षीया, धनकुटाकी ६१ वर्षीया, काठमाडौंकी ६६ वर्षीया, चितवनकी ७५ वर्षीया र मकवानपुरकी ८५ वर्षीया गरी ५ महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आज थपिएका २२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये मृत्यु हुनेको यो संख्या ०.५९ प्रतिशत हो ।
यस्तो छ हेर्नुहोस् नेपालमा असोज २४ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ असोज २५ आइतवार १७:५७ मा प्रकाशित






























