back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा असोज २४ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज २४ शनिवार

597 

shares

२४ असोज, काठमाण्डौं । नेपालमा शनिबार (२४ असोज) सम्म पिसीआर प्रविधिबाट ११ लाख ६४ हजार ५५७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १९,३२० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३०,८१८ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १३,६५४ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १७,१६४ रहेको छ ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३२१ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३०, प्रदेश २ मा २०, बागमती प्रदेशमा १९६, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा १७ र सुदुरपश्चिम प्रदेशमा १ जना गरी जम्मा ३२१ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ११ जना, बागमती प्रदेशमा ५७ र लुम्बिनी प्रदेशमा ७ जना गरी जम्मा ७७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, काठमाडौ, भक्तपुर, ललितपुर, चितवन, बाँके, रुपन्देही र सुर्खेत गरी ९ वटा रहेका छन् । साथै संक्रमित शून्य भएका जिल्लामा मनाङ र मुस्ताङ रहेका छन् ।

त्यस्तै आज थपिएका ५००८ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । साथै आज १२२९ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७४ हजार २५२ पुगेको छ ।

आज १४ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ ।

आज देशैभरी ५००८ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै २६७२ संक्रमित थपिए
नेपालमा आज काठमाडौं उपत्यकाका २६७२ जनासहित देशैभरी ५००८ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २१०० ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ४, उदयपुरमा ६, ओखलढुंगामा ५, खोटाङमा ३, झापामा ४८, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा ११, भोजपुरमा ३, मोरङमा ३६९, संखुवासभामा ९ र सुनसरीमा ३९४ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ११, पर्सामा ३६, बारामा १०, महोत्तरीमा ११, रौतहटमा १७, सप्तरीमा ६, सर्लाहीमा १९ र सिराहामका १८ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा २१००, काभ्रेपलान्चोकमा ३५, चितवनमा १४७, दोलखामा ८, धादिङमा ३८, नुवाकोटमा ४०, भक्तपुरमा २०३, मकवानपुरमा ५४, रसुवामा ३, रामेछापमा ५, ललितपुरमा ३६९, सिन्धुपालचेकमा ६ र सिन्धुलीमा ४८ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ५१, गोरखामा २५, तनहुँमा ५५, नवलपरासीपुर्वमा ३६, पर्वतमा ३, म्याग्दीमा ७, लमजुङमा २, बाग्लुङमा १२ र स्याङजामा ७ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाचीमा १५, कपिलवस्तुमा १०, गुल्मीमा ७, दाङमा ९३, नवलपरासीमा ३१, पाल्पामा ३७ प्युठानमा ४२, बर्दियामा ६, बाँकेमा ४५, रुकुमपुर्वमा २, रुपन्देहीमा २१५ र रोल्पामा ५ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा १, जुम्लामा ८, दैलेखमा १०, रुकुमपश्चिममा ११, सल्यानमा १२ र सुर्खेतमा १३४ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ६, कन्चनपुरमा १८, कैलालीमा ३५, डडेल्धुरामा ४, डोटीमा ४, दार्चुलामा ३, बझाङमा १० र बैतडीमा ८ जना संक्रमित थपिएसँगै आज देशैभरी ५००८ जना संक्रमित थपिएका छन् । जसमा महिला १८२३ र पुरुष ३१८५ जना रहेका छन् । आज थपिएका ५००८ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।

आज १२२९ जनाले कोरोना जितेर घर फर्किए
नेपालमा आज कोरोना संक्रमणबाट १२२९ जना निको भएर डिस्चार्ज भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १२२९ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १२२९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७४ हजार २५२ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ६४४८, प्रदेश २ मा १४,९८१, बागमती प्रदेशमा २७,३७२, गण्डकी प्रदेशमा ४,१०१, लुम्बिनी प्रदेशमा १०,५६४, कर्णाली प्रदेशमा ३,३५१ र सुदूरपश्चिम प्रदेशमा ७,४३५ जना गरी हालसम्म जम्मा ७४ हजार २५२ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ४४१, प्रदेश २ मा १२८, बागमती प्रदेशमा ३९६, गण्डकी प्रदेशमा ६११, लुम्बिनी प्रदेशमा १५०७, कर्णाली प्रदेशमा ४४२ र सुदूरपश्चिम प्रदेशमा ११६१ जना गरी हालसम्म जम्मा ४,६८६ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा १४७७, प्रदेश २ मा ५०९, बागमती प्रदेशमा ९,१०३, गण्डकी प्रदेशमा ६२५, लुम्बिनी प्रदेशमा १२७२, कर्णाली प्रदेशमा ५५४ र सुदूरपश्चिम प्रदेशमा ११४ जना गरी हालसम्म जम्मा १३,६५४ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा २१६४, प्रदेश २ मा ५७९, बागमती प्रदेशमा ११,२०६, गण्डकी प्रदेशमा५८० प्रदेश नं ५ मा १५८४, कर्णाली प्रदेशमा ४११ र सुदूरपश्चिम प्रदेशमा ६४० जना गरी जम्मा १७,१६४ जना रहेका छन् ।

कोरोना संक्रमणबाट आज १४ जनाको मृत्यु, मृतकको संख्या ६१४ पुग्यो
२४ असोज, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० जिल्लाका १४ जनाको मृत्यु भएको छ । जसमा १२ पुरुष र २ महिला रहेका छन् ।
मन्त्रालयका अनुसार आज मृत्यु भएका १२ पुरुषमा सुनसरीका ४५ वर्षीय, मोरङका २० र ७२ वर्षीय, सर्लाहीका ७१ वर्षीय, काठमाडौंका ४८ र ९० वर्षीय, ललितपुरका ४३, र ४९ वर्षीय, भक्तपुरका ६८ वर्षीय, मकवानपुरका ७७ वर्षीय, नवलपरासीपूर्वका ३६ वर्षीय र रुपन्देहीमा ५७ वर्षीय रहेका छन् ।

त्यसैगरी काठमाडौंकी ६८ वर्षीया र धादिङकी ३१ वर्षीया गरी २ महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
.आज थपिएका १४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ ।

यस्तो छ नेपालमा २३ असोज सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज २४ शनिवार १७:४४ मा प्रकाशित

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा...