back
CTIZAN AD

यस्तो छ नेपालमा २३ असोज सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज २३ शुक्रवार

732 

shares

२३ असोज, काठमाण्डौं । नेपालमा शुक्रबार (२३ असोज) सम्म पिसीआर प्रविधिबाट ११ लाख ४५ हजार २३७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १३,२७९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित २७ हजार ५३ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ११,१७६ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १५,८७७ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३१८ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३५, प्रदेश २ मा २०, बागमती प्रदेशमा १९६, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा ४३ र कर्णाली प्रदेशमा १८ जना गरी जम्मा ३१८ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ९ जना, प्रदेश २ मा २, बागमती प्रदेशमा ५७ र लुम्बिनी प्रदेशमा ७ जना गरी जम्मा ७५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, काठमाडौ, भक्तपुर, ललितपुर, चितवन, रुपन्देही र सुर्खेत गरी ८ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्ला मनाङ र मुस्ताङ रहेका छन् ।

त्यस्तै आज थपिएका २०५९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ । साथै आज १६८० जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ ।

आज १० जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १४०९ सहित २,०५९ जनामा कोरोना संक्रमण

नेपालमा आज काठमाडौं उपत्यकाका १४०९ जनासहित देशैभरी २,०५९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १११६ ललितपुरमा १६३ र भक्तपुरमा १३० जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुर, संखुवासभा र भोजपुरमा १\१ जना, खोटाङमा ३, झापामा ८, धनकुटामा २, मोरङमा ८६ र सुनसरीमा २६ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ३, पर्सामा १५, बारामा ११, महोत्तरीमा १७, रौतहटमा ९, सप्तरीमा १, सर्लाहीमा ७ र सिराहामा १ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १११६, काभ्रेपलान्चोकमा ४०, चितवनमा ५१, दोलखामा ३, धादिङमा ७, नुवाकोटमा ४, भक्तपुरमा १३०, मकवानपुरमा ६९, रामेछापम १९, ललितपुरमा १६३, सिन्धुपाल्चोकमा ६ र सिन्धुलीमा ११ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २८, गोरखामा १२, तनहुँमा ८, नवलपरासीपुर्वमा २५, पर्वतमा ३, लमजुङमा ३, बागलुङमा २ र स्याङजामा १ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेश को अर्घाखाँचीमा ३, कपिलवस्तुमा १, गुल्मीमा ५, दाङमा ६५, पाल्पामा २, प्युठानमा ३, बर्दियामा ९, बाँकेमा ४५, रुकुमपुर्वमा २ रोल्पामा २, जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा ५, दैलेखमा ८, रुकुमपश्चिममा १ तथा सल्यान र सुर्खेतमा ३\३ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कन्चनपुर र कैलालीमा २\२ जना र डोटी र बैतडीमा १\१ जना संक्रमित थपिएसँगै आज देशैभरी २,०५९ जना संक्रमित थपिएका छन् । जसमा महिला ७३२ र पुरुष १३२७ जना रहेका छन् । आज थपिएका २,०५९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ ।

आज १६८० जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या ७३ हजार नाघ्यो
नेपालमा आज १६८० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १६८० जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १६८० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ६३३७, प्रदेश २ मा १४,९८१, बागमती प्रदेशमा २६,४८७, गण्डकी प्रदेशमा ४०७८ लुबिनी प्रदेशमा १०,३९२, कर्णाली प्रदेशमा ३,३५० र सुदूरपश्चिम प्रदेशमा ७३९८ जना गरी हालसम्म जम्मा ७३ हजार २३ जना निको भएका हुन् ।
मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो संख्या ७२.५ प्रतिशत रहेको छ ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ५१३, प्रदेश २ मा १०२, बागमती प्रदेशमा ४०८, गण्डकी प्रदेशमा ६१९ लुम्बिनी प्रदेशमा १५०४,.कर्णाली प्रदेशमा ४३६ र सुदूरपश्चिम प्रदेशमा ११२१ जना गरी हालसम्म जम्मा४,७०३ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ८७७, प्रदेश २ मा ४५८, बागमती प्रदेशमा ७६३४, गण्डकी प्रदेशमा ४६६, लुम्बिनी प्रदेशमा १,१०८ कर्णाली प्रदेशमा ४२६ र सुदूरपश्चिम प्रदेशमा २०७ जना गरी हालसम्म जम्मा ११,१७६ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।
त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा २०२४, प्रदेश २ मा ५०३, बागमती प्रदेशमा १०,५१२, गण्डकी प्रदेशमा ५६५, प्रदेश नं ५ मा १४१३, कर्णाली प्रदेशमा ३६४ र सुदूरपश्चिम प्रदेशमा ४९६ जना गरी १५,८७७ जना रहेका छन् ।

आज १० जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुग्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । आज थपिएका १० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ जिल्लाका १० जनाको मृत्यु भएको छ । जसमा १ महिला र ९ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार आज झापाका २९ र ५२ वर्षीय २ पुरुष, सुनसरीका ४६, ५२ र ६८ वर्षीय गरी तीन पुरुष, काठमाडौंका ७१ वर्षीय, ललितपुरका ८४ वर्षीय तथा रुपन्देहीका ४७ र ८४ वर्षीय गरी ९ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

त्यसैगरी काठमाडौंकी ८७ वर्षीया १ महिलाको पनि कोरोना सं क्रमणबाट मृत्यु भएको हो ।

आज थपिएका १० जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ । कूल संक्रमित मध्ये मृत्यु हुनेको यो संख्या ०.६० प्रतिशत हो ।

हेर्नुहोस् यस्तो छ नेपालमा २२ असोज सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज २३ शुक्रवार १७:४७ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...