२२ असोज, काठमाण्डौं । नेपालमा विहिबार ( २२ असोज) सम्म पिसीआर प्रविधिबाट ११ लाख ३१ हजार ९५८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १८,४७३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित २६,६८४ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ११,७१७ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १४,९६७ रहेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २३५ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा २९, प्रदेश २ मा १४, बागमती प्रदेशमा १२८, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा ३९ र कर्णाली प्रदेशमा १९ जना गरी जम्मा २३५ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा ४ जना, बागमती प्रदेशमा ३०, लुम्बिनी प्रदेशमा ५ जना गरी जम्मा ४२ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, काठमाडौ, भक्तपुर, ललितपुर, चितवन, रुपन्देही र सुर्खेत गरी ७ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्ला मनाङ र मुस्ताङ रहेका छन् ।
त्यस्तै आज थपिएका ४,३६४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । साथै आज २६७५ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।
आज १२ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ ।
आज उपत्यकाका २५४० सहित ४३६४ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका २५४० जनासहित देशैभरी ४३६४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १२, उदयपुरमा ३२, ओखलढुंगामा ४, खोटाङमा ४, झापामा ५५, ताप्लेजुङमा ६, तेह्रथुममा ३, धनकुटामा ३, पाँचथरमा २, भोजपुरमा ४, मोरङमा २४९, संखुवासभामा ३, सुनसरीमा २१४ र सोलुखुम्बुमा २ जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा २८, पर्सामा ११, बारामा १४, महोत्तरीमा ७, रौतहटमा १८, सप्तरीमा २५, सर्लाहीमा १४ र सिराहामा ४८ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा २०८५, काभ्रेपलान्चोकमा २९, चितवनमा ६९, दोलखामा १, धादिङमा ७१, नुवाकोटमा ३, भक्तपुरमा १३५, मकवानपुरमा १०५, रामेछापमा ५, ललितपुरमा ३२०, सिन्धुपाल्चोकमा १३ र सिन्धुलीमा ३ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा १९, गोरखामा ११, तनहुँमा १०, नवलपरासीपूर्वमा २८, पर्वतमा १, लमजुङमा ३, बागलुङमा १२ र स्याङजामा १३ जना संक्रमित थपिएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २७, कपिलवस्तुमा ७, गुल्मीमा १८, दाङमा ५५, नवलपरासीमा २१, पाल्पामा २१, प्युठानमा १, बर्दियामा १०, बाँकेमा ५७८, रुपन्देहीमा १९९ र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको कालिकोटमा ६, जुम्लामा ६, डोल्पामा ३, दैलेखमा ४, रुकुमपश्चिममा ५, सल्यानमा ४, सुर्खेतमा १०६ र हुम्लामा ३ जना संक्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको अछाममा १०, कन्चनपुरमा २१, कैलालीमा ७५, डडेल्धुरामा १, डोटीमा ७ तथा बझाङ र बैतडीमा १÷१ जना संक्रमित थपिएसँगै आज देशैभरी ४,३६४ जना संक्रमित थपिएका छन् । जसमा महिला १५६१ र पुरुष २८०३ जना रहेका छन् । आज थपिएका जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।
आज २६७५ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ७१,३४३ पुग्यो
नेपालमा आज २६७५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २६७५ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका २६७५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ६,२२१, प्रदेश २ मा ४,८९१, बागमती प्रदेशमा २५,३०५, गण्डकी प्रदेशमा ४००१, लुम्बिनी प्रदेशमा १०,२३८, कर्णाली प्रदेशमा ३,३२६ र सुदूरपश्चिम प्रदेशमा ७,३६१ जना गरी हालसम्म जम्मा ७१ हजार ३४३ जना निको भएका हुन् । कूल संक्रमित मध्ये निको हुनेको यो संख्या ७२.३ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ५२४, प्रदेश २ मा ९९, बागमती प्रदेशमा ३९६, गण्डकी प्रदेशमा ६१९, प्रदेश नं ५ मा १४८१, कर्णाली प्रदेशमा ४२४ र सुदूरपश्चिम प्रदेशमा ९१७ जना गरी हालसम्म जम्मा ४,४६० जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।
यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा १,०६७, प्रदेश २ मा ५१२, बागमती प्रदेशमा ७,८८४, गण्डकी प्रदेशमा ४६१, लुम्बिनी प्रदेशमां ५ मा १,०९०, कर्णाली प्रदेशमा ४४५ र सुदूरपश्चिम प्रदेशमा २५८ जना गरी हालसम्म जम्मा ११,७१७ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।
त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा १८२७, प्रदेश २ मा ४७५, बागमती प्रदेशमा ९,८२८, गण्डकी प्रदेशमा ५६५ प्रदेश नं ५ मा १,४४७, कर्णाली प्रदेशमा ३४९ र सुदूरपश्चिम प्रदेशमा ४७६ जना गरी १४,९६७ जना रहेका छन् ।
कोरोना संक्रमणबाट आज १२ जनाको मृत्यु, मृतकको संख्या ५९० पुग्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ जिल्लाका १२ जनाको मृत्यु भएको छ । जसमा ४ महिला र ८ जना पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार आज सुनसरीका ३९ वर्षीय, धनुषाका ७० वर्षीय, काठमाडौंका ५८ र ९१ वर्षीय, चितवनका ८१, ८१ र ९२ वर्षीय ३ जना तथा कास्कीका ८३ वर्षीय १ पुरुष गरी ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
त्यसैगरी काठमाण्डौंकी ७९ वर्षीया, ललितपुरकी ७३ वर्षीया, भक्तपुर र सुर्खेतकी ८२/८२ वर्षीया २ गरी ४ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
आज थपिएका १२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमितमध्ये ज्यान गुमाउनेको यो संख्या ०.६० प्रतिशत हो ।
यस्तो छ हेर्नुहोस् नेपालमा असोज २१ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ असोज २२ बिहीवार १८:०६ मा प्रकाशित






























