back
CTIZAN AD

धरहराको १६ औं तलाको ढलान सकियो, अब ६ तलाको मात्रै बाँकी

वि.सं.२०७७ असोज २२ बिहीवार

801 

shares

काठमाडौं । पुनर्निमाण भईरहेको धरहराको १६ औं तलाको ढलानको काम सम्पन्न भएको छ । पुनर्निमाण प्राधिकरणले जनाएअनुसार अब ६ वटा तलाको मात्रै ढलान गर्न बाँकी छ ।

प्राधिकरणका अनुसार ६ तलाको ढलान र टावरको प्लाष्टर, धरहरा परिसर घेर्ने पर्खाल र पार्किङ क्षेत्रको काम पनि अहिले सँगसँगै चलिरहेको छ । कुनै समस्या नआए आगामी ३ महिनाभित्र ढलानका सबै काम सकिसक्ने प्राधिकरणको लक्ष्य छ ।

धरहराको पुननिर्माण २०७५ असोज २० देखि भएको थियो । यसको पुननिर्माणको जिम्मा रमन कन्सट्रक्सनले अनुमानित लागत ३ अर्ब ४८ करोड रुपैयाँमा लिएको छ ।

तस्बिर : पुनर्निर्माण प्राधिकरणकाे ट्विटरबाट

भीमसेन थापाले वि.सं. १८८२ मा निर्माण गरेको ११ तले धरहरा वि.सं. १९९० मा आएको भूकम्पमा क्षतिग्रस्त बन्न पुगेको थियो । त्यससमय धरहरा ११ तलाबाट ९ तलामा सीमित भएको थियो ।

त्यसपश्चात २०७२ वैशाख १२ मा आएको विनाशकारी भूकम्पले धरहरा पूर्णं क्षतिग्रस्त बन्न पुग्यो । पूर्णं क्षति भएपश्चात सरकारले पुर्ननिर्माणको काम अगाडि बढाएको हो ।

यसपटक बन्ने नयाँ धरहरा भित्रबाट २२ तला र बाहिरबाट देख्दा ११ तलाको हुनेछ । धरहरा भिमसेन थापाले बनाएजस्तै देखिनेछ । साथै नयाँ बन्ने धरहरा भूकम्पप्रतिरोधात्मक पनि हुनेछ ।

धरहरामा पहिलो जस्तै भर्यांगसँगै लिफ्टको व्यवस्था पनि हुनेछ ।

वि.सं.२०७७ असोज २२ बिहीवार १७:५२ मा प्रकाशित

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र छपाइ तथा सूचना प्रणाली व्यवस्थापनको...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...