२२ असोज, काठमाण्डौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ जिल्लाका १२ जनाको मृत्यु भएको छ । जसमा ४ महिला र ८ जना पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार आज सुनसरीका ३९ वर्षीय, धनुषाका ७० वर्षीय, काठमाडौंका ५८ र ९१ वर्षीय, चितवनका ८१, ८१ र ९२ वर्षीय ३ जना तथा कास्कीका ८३ वर्षीय १ पुरुष गरी ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
त्यसैगरी काठमाण्डौंकी ७९ वर्षीया, ललितपुरकी ७३ वर्षीया, भक्तपुर र सुर्खेतकी ८२\८२ वर्षीया २ गरी ४ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
.आज थपिएका १२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमितमध्ये ज्यान गुमाउनेको यो संख्या ०.६० प्रतिशत हो ।
कोरोना संक्रमणबाट आज १५ जनाको मृत्यु, मृतकको संख्या ५७८ पुग्यो
वि.सं.२०७७ असोज २२ बिहीवार १७:१५ मा प्रकाशित






























