२२ असोज, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका २५४० जनासहित देशैभरी ४३६४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १२, उदयपुरमा ३२, ओखलढुंगामा ४, खोटाङमा ४, झापामा ५५, ताप्लेजुङमा ६, तेह्रथुममा ३, धनकुटामा ३, पाँचथरमा २, भोजपुरमा ४, मोरङमा २४९, संखुवासभामा ३, सुनसरीमा २१४ र सोलुखुम्बुमा २ जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा २८, पर्सामा ११, बारामा १४, महोत्तरीमा ७, रौतहटमा १८, सप्तरीमा २५, सर्लाहीमा १४ र सिराहामा ४८ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा २०८५, काभ्रेपलान्चोकमा २९, चितवनमा ६९, दोलखामा १, धादिङमा ७१, नुवाकोटमा ३, भक्तपुरमा १३५, मकवानपुरमा १०५, रामेछापमा ५, ललितपुरमा ३२०, सिन्धुपाल्चोकमा १३ र सिन्धुलीमा ३ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा १९, गोरखामा ११, तनहुँमा १०, नवलपरासीपुर्वमा २८, पर्वतमा १, लमजुङमा ३, बागलुङमा १२ र स्याङजामा १३ जना संक्रमित थपिएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २७, कपिलवस्तुमा ७, गुल्मीमा १८, दाङमा ५५, नवलपरासीमा २१, पाल्पामा २१, प्युठानमा १, बर्दियामा १०, बाँकेमा ५७८, रुपन्देहीमा १९९ र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको कालिकोटमा ६, जुम्लामा ६, डोल्पामा ३, दैलेखमा ४, रुकुमपश्चिममा ५, सल्यानमा ४, सुर्खेतमा १०६ र हुम्लामा ३ जना संक्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको अछाममा १०, कन्चनपुरमा २१, कैलालीमा ७५, डडेल्धुरामा १, डोटीमा ७ तथा बझाङ र बैतडीमा १\१ जना संक्रमित थपिएसँगै आज देशैभरी ४३६४ जना संक्रमित थपिएका छन् । जसमा महिला १५६१ र पुरुष २८०३ जना रहेका छन् ।
आज थपिएका जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।
वि.सं.२०७७ असोज २२ बिहीवार १६:५२ मा प्रकाशित






























