back
CTIZAN AD

भीम रावल भन्छन् – मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव दर्ता हुनु अनिष्टको संकेत हो

वि.सं.२०७७ असोज २६ सोमवार

861 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले कर्णालीका मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव दर्ता हुनु अनिष्टको संकेत भएको बताएका छन् । उनले यस घटनालाई देशको हितमा नभएको पनि बताए ।

सामाजिक सञ्जाल ट्विटमार्फत नेकपा विवादबारे बोल्दै उनले नेकपा नेतृत्वको समयमै ध्यान जानुपर्ने बताए । ‘कर्णाली प्रदेशका मुख्यमन्त्री विरूद्ध पार्टीकै सांसदहरूले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुनसक्छ, समयमै नेतृत्वको गम्भीर ध्यान जाओस्, देशहित ठूलो हो’, उनले भने ।

रावलले यसअघि नेकपाको स्थायी समितिले पार्टीलाई विधि र पद्धतिअनुसार चलाउने गरि निर्णय गरेको सम्झाएका छन् ।

आइतबार एकाएक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्व नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । ओली पक्षीय नेता तथा हालका प्रदेश सहइन्चार्ज यामलाल कँडेलको नेतृत्वमा शाहीविरुद्व अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने अधिकांश सांसद पूर्वएमाले पक्षका छन् । १८ सांसदमध्ये ३ जना भने पूर्वमाओवादीका सांसद पनि छन् ।

वि.सं.२०७७ असोज २६ सोमवार १४:०७ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...