back
CTIZAN AD

मुगुमा भ्रष्टचार बिरुद्ध कांग्रेसले कडा अभियान चाल्ने

वि.सं.२०७७ असोज २६ सोमवार

642 

shares

२६ असोज, मुगु । मुगुमा मौलाउदै गएको भ्रष्टचारबिरुद्ध नेपाली कांग्रेस मुगुले कडा अभियान सुरु गर्ने भएको छ ।  शुक्रबार मध्यान्ह कांग्रेस पार्टी कार्यालयमा आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा मुगुको चारवटै स्थानीयतहको बस्तीस्तरबाट भ्रष्टचारबिरुद्ध अभियान थालनी गर्ने कांग्रेसले जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा बरिष्ठ नेता हस्तबहादुर मल्ल र छिरिङक्याप्ने लामा समेत सहभागी थिए ।
संघीयता लागु भएपछि मुगुमा अत्याधिक रुपमा भ्रष्टचार मौलाउदै गएको कर्णाली प्रदेश र संघबाट ब्यक्तिका नाममा योजना तोकिएर आउन थालेको उक्त योजनाहरु काममै नगरि रकम निकास हुन थालेपछि त्यसबिरुद्ध कांग्रेसले अभियान सुरु गर्न लागेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रबक्ता लोकेन्द्रबहादुर शाहीले बताए ।

मुगु जिल्लाको कृषि, बन, खानेपानी तथा सिचाई र पशु कार्यालय प्रदेश बाटै ब्यक्तिका नाममा योजना तोकिएर आउने गरेको उक्त योजनाहरु रातारात सम्झौता गरि बजेटको दुरुपयोग हुन थालेपछि त्यसबिरुद्ध कांग्रेसले भण्डाफोर गर्न लागेको प्रबक्ताको भनाई छ ।
मुगुमा भ्रष्टचार न्यूनिकरण लागि पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेश गर्ने र अनि यो चालु आर्थिक बर्षमा संचालित योजनाहरुमा चरणबद्ध रुपमा निगरानी गर्ने एकलौटी उपभोक्ता समिति गठनमा बिरोध गर्ने नेपाली कांग्रेस मुगुले जनाएको छ ।

मुगुमा सबैभन्दा बढी कर्णाली प्रदेशका योजनामा अति भ्रष्टचार भएको कांग्रेस सभापति खडगबहादुर शाहीले भने– उक्त भ्रष्टचार रोक्न अभियान सुरु गर्नु लागिएको हो । गतअसार मसान्तमा पार्टीले सरकारी कार्यालयमा निगरानी गर्दा भ्रष्टचारमा केही हुन नसकेको पार्टी सभापतिको भनाई छ ।

हरेक योजनामा पार्टीले इन्जिनियर ओभरसियर पठाएर कामको मुल्याङ्कन गरि सोही बमोजिम रकम भुक्तानी गर्न सम्बन्धीत कार्यालयमा दबाब दिने सभापति शाहीको भनाई छ ।

सत्ताको पछि लागेर बजेटको अनियमितता गर्ने जो कोही सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीलाई पाटीर्ले कडा कारबाहीको निम्ति प्रशासन, अख्तियारमा कारबाहीको लागि दबाब र उजुरी दिने शाहीको भनाई छ ।

दलितको घरमा कांग्रेस
नेपाली कांग्रेस मुगुले नयाँ अभियान शुरु गर्न लागेको शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । जिल्लाभरिका हरेक दलित बस्तीको घरमा कांग्रेस पुग्ने एकदिन त्यहीबास बस्ने र उनीको पिडा मर्काको सुनुवाई गर्ने कांग्रेसले जानकारी गराएको छ ।

सांगठनिक रुपमा दलितलाई प्रोत्साहन गर्न र क्रियाशिल सदस्यतामा दलितको जनमत बृद्धि गर्न कांग्रेस दलित बस्तीमा जाने अभियान सुरुगर्न लागेको कांग्रेसका प्रबक्ता लोकेन्द्र बहादुर शाहीको भनाई छ ।

जिल्लाको चारवटै स्थानीयतहको प्रत्येक दलित बस्तीमा कांग्रेसका नेता पुगेर उनीको गुनासो सुनुवाई गर्ने भएका छन् । अर्को तिर जातिय छुवाछुतको अन्त्य गर्न पनि कांग्रेसले दलित घरदैलो अभियान सुरु गर्ने लागेको छ ।

‘दलितको घरमा कांगे्रस’ भन्ने पार्टीले नयाँ अभियान सुरु गर्न लागेको पार्टी सभापति खडगबहादुर शाहीले बताए । दलितको घरमा जाने, खानखाने उनीको पिडा मर्का बुझने पार्टीमा समाहितहुन प्रशिक्षण गर्ने पार्टी सभापति शाहीको भनाई छ ।

कोरोना राहतकोष स्थापना
नेपाली कांग्रेस मुगुले कोरोना महामारीलाई लक्षितगरि कोरोना राहतकोष खडा गरेको जानकारी गराएको छ । पार्टी सभापति खडगबहादुर शाही र कोषाध्यक्ष दानबहादुर शाहीको संयुक्त हस्ताक्षरमा राष्ट्रिय बाणिज्य बैंक मुगु शाखामा खाता खोलि सकेको र उक्त खातामा अहिले करिव २७ हजार रकम जम्मा भईसकेको पत्रकार सम्मेलनमा कांग्रेसले जनाएको छ ।

सोही कोरोना राहतकोषमा पार्टीका कार्यसमिति प्रतिनिधिबाट १० हजार, महासमिति तथा महाधिबेसन प्रतिनिधिबाट ७ हजार सदस्यबाट ५ हजार र आमन्त्रीत सदस्यबाट ३ हजारका दरले रकम कोरोना राहतकोषको खातामा जम्मागर्ने निर्णय पार्टीले गरेको प्रबक्ता लोकेन्द्र शाहीले जानकारी गराए । रकम जम्मा भईसकेपछि पार्टीको कार्यबिधि अनुसार खर्च गरिने प्रबक्ताको भनाई छ ।

पार्टी प्रबेशको लहर
पछिल्लो पटक कांग्रेसमा प्रबेश गर्ने स्थानीयको लहर बढेको कांगे्रसले जनाएको छ । नेकपा पार्टीको बहुमत सरकारले जनताको इच्छा आकांक्षा बिरुद्ध कामगर्ने नसकेपछि मुगुका जनता कांग्रेसमा प्रबेश गर्न लागेको पार्टी सभापति खडगबहादुर शाहीको भनाई छ ।
गत भदौदेखि अहिलेसम्म नेकपा पार्टीका १ सय ३१ ज्ना कांग्रेसमा प्रबेश गरिसकेको सभापतिको भनाई छ । कांग्रेसमा जनलहर बढेको उनको भनाई छ ।

कांग्रेसलाई ४ अंङ्क अशुभ
नेपाली कांग्रेस मुगुलाई ४ अङ्क अशुभ भएको पार्टी सभापति खडगबहादुर शाहीले पत्रकार सम्मेलनमा जानकारी गराए । ंबिस २०६४, २०७४ सालमा भएका निर्बाचनमा कांग्रेसले पराजय भोग्नु परेको हुँदा कांग्रेसको निम्ति ४ अंङ्क अशुभ देखिएको उनको भनाई छ ।
संघीय र प्रदेशको निर्बाचनमा पराजयभोग्नु परेपनि तीन वटा स्थानीयतहमा कांग्रेसले जित हासिल गर्नु परेको सभापतिको भनाई छ । आगामी हुने स्थानीय संघ र प्रदेशको चुनाव ४ अंङ्क भित्र नपरोस् सभापति शाहीको भनाई छ ।

प्रेस युनियनको आग्रह
नेपाली कांग्रेस मुगुले गरेका राम्रा निर्णय कार्यन्वयन गर्न प्रेस युनियन मुगुले आग्रह गरेको छ । शुक्रबार पार्टी कार्यालयमा कांग्रेसले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रेस युनियनका अध्यक्ष बिनोद कुमार मल्लले पार्टीका निर्णय कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
पछिल्लो पटक कांग्रेसले राम्रा निर्णय गर्दै आएको छ उक्त निर्णय कागजमै सिमित नभएर अक्षरस कार्यान्वयन गर्नु पर्ने मल्लको भनाई छ । कांग्रेसले भ्रष्टचार बिरुद्धको अभियान थालनी गरि रहदा कतै आफनै कार्यक्रता भ्रष्टचारमा संलग्न छ कि भनेर पार्टीले गहिरो अध्ययन गर्नुपर्ने प्रेस युनियनका अध्यक्ष मल्लको भनाई छ । प्रेस युनियनमा आबद्ध अन्य पत्रकारहरुले पनि पार्टी सांगठनिक सृढिकरणमा लाग्न आग्रह गरेका छन ।

पार्टी कार्यालय बन्दै
मुगुमा कांग्रेस पार्टी स्थापना भएको इतिहासको पहिलोपटक आफनै पार्टी कार्यालय बनाउन सुरु गरिएको छ । करिव ६६ लाख बजेटमा बन्न लागेको पार्टी कार्यालय भवन तल्लो तला ढलानको अन्तिम चरण पुगेको कांग्रेसले जानकारी गराएको छ दसैं भित्र तल्लो तला ढलान हुुने गरि कामलाई तिब्रता दिइएको नेपाली कांग्रेस मुगुले जानकारी गराएको छ ।

वि.सं.२०७७ असोज २६ सोमवार १६:२८ मा प्रकाशित

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका सिफारिस...

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच रु दुई करोड...

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम...