२७ असोज, काठमाडौं। जग्गा किर्ते गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुरका केवल प्रताप जंग बहादुर राणालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-१३ कुसुन्तीका राणालाई केन्द्रीय अनुसन्धान ब्यूरो प्रहरीले रातोपुल, साधना गल्लीस्थित डेराबाट पक्राउ गरेको हो ।
राणाले बीरगञ्ज महानगरपालिका-५ स्थित कमलादेवी राजभण्डारीको नाममा बनेको घर समेतको जग्गा मालपोत कार्यालयका कर्मचारीहरुसँग मिलेमतो गरी मुकेश राजभण्डारीको नाममा किर्ते नागरिकताको प्रमाण-पत्र बनाई जग्गा किर्ते कागजात बनाई आफ्नो नाममा राजीनामा पास गराई सोही जग्गा बीरगञ्ज महानगरपालिका स्थानियलाई बिक्री गर्न भनी ५० लाख रुपैयाँ बैना लिएको थिए ।
उनलाउई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बीरगञ्ज पर्सा पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनकारी दिएको छ ।
वि.सं.२०७७ असोज २७ मंगलवार १०:५५ मा प्रकाशित






























