२७ असोज,ओखलढुङगा। १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सनमान थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । चम्पादेवी गाउँपालिका-६ बस्ने ५१ वर्षीय सनमान थापालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो।
स्थानियले प्रहरीलाई थापाले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर दिएपछि ईलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाटले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०७७ असोज २७ मंगलवार १४:३६ मा प्रकाशित






























