२७ असोज, काठमाडौँ । सञ्चार गृहबाट पीडित भएका कर्मचारी तथा पत्रकारहरु सरकार खोज्दै बालुवाटर पुगेका छन् ।
नेपाल पत्रकार महासंघको श्रमजीवि हित प्रवर्द्धन समिति तथा सञ्चारगृहका पीडित कर्मचारी र पत्रकार संयुक्त संघर्ष समितिको आयोजनामा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन भएको हो ।
सञ्चालकहरुबाट पत्रकार तथा कर्मचारी महामारीको समयमा थप मारमा परेको तर सरकारले भने कानून कार्यान्वयनमा चासो नदेखाएको भन्दै प्रदर्शन गर्नु परेको उनीहरुको भनाई छ ।
उनीहरुले कानून नमान्ने सञ्चारगृहको सूचि सार्वजनिक गरी सरकारी विज्ञापन रोक्का गर्न र विदेश भ्रमण गर्न नदिई सम्बन्धित सञ्चारगृहलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।
वि.सं.२०७७ असोज २७ मंगलवार १४:२७ मा प्रकाशित





























