२७, असोज, काठमाडौँ । सन्राइज बैकले आफ्ना ग्राहकबर्गहरुलाई लक्षित गरी मिस्डकल सेवामार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवासुरु गरेको छ । “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नबिनतम् सेवाप्रदान गर्दै आएको सनराइज बैंकले यस्तो खालको सेवा नेपालमै पहिलो पटक सुरु गरेको हो ।
यस सेवाको सुरु सँगै अब देखि सन्राइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२मा मिस्ड कल गरी आफ्नो मासिक विद्युत महसुल तिर्न सक्नेछन् । यस सेवा प्रयोग गर्नको लागी एकपटक आफ्नो विद्युत महसुल सम्बन्धी विवरण सन्राइज बैंकको कुनै पनि शाखामा दर्ता भने गराउनु पर्नेछ । ग्राहकहरुको सुविधाको लागि डिजिटल दर्ता प्रणाली पनि छिटै कार्यावयनमा आउने बैकले जनाएको छ ।
हालसम्म सन्राइज बैंकका ग्राहकहरुले Sunrise Smart App बाट बत्ति, पानीआदिको शुल्क भुक्तानी गर्दै आएकोमा अब भने इन्टरनेट बिनानै सामान्यमोबाइलबाटै मिस्डकल गरेर बिजुलीको बिलतिर्न सक्नेछन् । विद्यमान महामारीको समयमा घरैमा बसीबसी यसरी बिभिन्न सेवाका शूल्क भुक्तानीगर्न मिल्ने कारण यसले ग्राहकबर्गलाई भिडभाडबाट हुनसक्ने संक्रमणको जोखिमबाट समेत सुरक्षित राख्ने बैकको विश्वास छ ।
वि.सं.२०७७ असोज २७ मंगलवार १४:२३ मा प्रकाशित






























