२७ असोज, सुनसरी। धरान उपमहानगरपालिका, साम्पाङ चोकबाट ब्राउनसुगर र नगद सहित बिजय कुमार रोक्का पक्राउ परेका छन् । उनलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।
धरान उपमहानगरपालिका -८ का रोक्कालाई ईलाका प्रहरी कार्यालय धरानले १२ ग्राम ५ सय मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर र नगद १० हजार ९ सय ५० रुपैयाँ सहित पक्राउ गरेको हो । प्रहरीले को १० प ६२९५ मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
वि.सं.२०७७ असोज २७ मंगलवार १४:२० मा प्रकाशित






























