back
CTIZAN AD

अन्तरप्रदेश चल्ने सवारी साधनको जाँच पास रुट इजाजतको काम भिएफटिसीबाट

वि.सं.२०७७ असोज २७ मंगलवार

540 

shares

२७ असोज, काठमाडौं । विगतमा यातायात व्यवस्था कार्यालयबाट हुँदै आएकामा अन्तरप्रदेश चल्ने सवरी साधनको जाँच पास, रुट इजाजतको काम भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसी) बाट गरिने भएको छ ।

कार्यालय हाल प्रदेश सरकारअन्तर्गत छ भने केन्द्र सङ्घीय सरकारअन्तर्गत छ । सरकारले प्रदेश सरकारलाई यातायात व्यवस्था कार्यालय हस्तान्तरण गरेको झण्डै दुई वर्षपछि आफ्नो कार्यक्षेत्रको काम गर्न लागेको हो । संविधानअनुसार प्रदेशभित्र चल्ने सवारी साधन व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकार र अन्तरप्रदेश चल्ने सवारी व्यवस्थापनको जिम्मेवारी सङ्घीय सरकारको हो ।

गत भदौबाट नै टेकुस्थित केन्द्रले जाँच पास र रुट इजाजत दिन थालेको केन्द्रका प्रमुख मणिराम भुसालले बताए । उनका अनुसार अन्तरप्रदेश चल्ने यात्रुबाहक र मालबाहक सबै सवारीसाधनको यहीँबाट परीक्षण र अनुमति दिइनेछ । उनले भने, “अझै पनि धेरैलाई जानकारी नभएकाले यातायात कार्यालयमा नै गएको पाइन्छ ।”

यातायात कार्यालय प्रदेशमा हस्तान्तरण भएपछि अहिले यातायात व्यवस्था विभागअन्तर्गत सवारी परीक्षण केन्द्र मात्रै रहेका छन् । टेकुबाहेक हेटौँडा र बुटवालमा पनि केन्द्र रहेका छन् भने अरु विभिन्न स्थानमा केन्द्र स्थापनाको योजना बनाइएको छ । ती सबै केन्द्रले सवारी साधनको दुरुस्तता परीक्षण गरेर मात्रै जाँच पास गर्नेछ ।

पहिले यातायात कार्यालयमा नै सवारी साधन परीक्षणका लागि आवश्यक जनशक्ति र उपकरण भए पनि त्यो हस्तान्तरण भए पनि जनशक्ति अभावमा जाँचपास गर्न नसकिएको प्रमुख भुसालले बताए । अहिले जनशक्ति र प्रविधि दुवैले सवारी साधनको दुरुस्तता परीक्षण गरिने भएको छ । केन्द्रमा रहेको उपकरण लामो समयदेखि थन्किएकामा अहिले त्यसको मर्मतको काम भइरहेको केन्द्रले जनाएको छ । रासस

वि.सं.२०७७ असोज २७ मंगलवार १४:१५ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...