२७ असोज, काठमाडौ । महालक्ष्मी विकास बैंकले ऋणि लिने ग्राहकहरुलाई ब्याज छुट दिने भएको छ । असोज मसान्तभित्र तिर्नुपर्ने ब्याज समय अवधि भित्रै भुक्तानी गरेमा बैंकले छुट दिने भएको हो ।
समय अवधि भित्र ब्याज भुक्तानी गर्ने ऋणिले भुक्तानी गरेको रकमको १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।
बैकले हाल देशको शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।
वि.सं.२०७७ असोज २७ मंगलवार १४:५३ मा प्रकाशित





























