२७ असोज, स्याङजा। स्याङजा, पुतलीबजारका मन कुमारी नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गुल्मीका कृष्ण परियारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । परियार पुतलीबजार नगरपालिका-३ कालीमाटीबस्दै आएका थिए ।
पुतलीबजार नगरपालिकाको नेपाल टेलिकम कम्पाउण्ड नजिक बालमन्दिरबाट पुतलीखेत जाने किनारमा मनकुमारी घाइते अवस्थामा रहेको मनकुमारीलाई जिल्ला प्रहरी कार्यालय स्याङजाले उपचारका लागि जिल्ला अस्पताल स्याङजातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
आइतबार साँझ मनकुमारीलाई कुटपिट गरी घाइते बनाई फरार परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
वि.सं.२०७७ असोज २७ मंगलवार १५:०० मा प्रकाशित






























