back
CTIZAN AD

इलाममा बन्दाबन्दी खुलेसँगै पर्यटकको चहलपहल शुरु

वि.सं.२०७७ असोज २९ बिहीवार

651 

shares

२९ असोज, इलाम । इलाममा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । लामो समयको बन्दाबन्दीका कारण सुनसान भएको इलामको पर्यटकीय स्थलहरुमा हिजोआज आन्तरिक पर्यटहकको चहलपहल बढ्न थालेको हो । बन्दाबन्दी खुलेसँगै यातायात सञ्चालनमा आएको र अनुकूल मौसम भएकाले यहाँका पर्यटकीय स्थाल कन्याम, अन्तु र माइपोखरीलगायत घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।

मौसममा सुधार भएसंगै पर्यटकको आगमन बढेको कन्यामका होटल ब्यवसायी टेकराज गिरीले बताए । “यहाँ आउने पर्यटकलाई स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर घुम्न आग्रह गर्ने गरिएको छ”, उनले भने, “हामीले पनि स्वस्थ्य मापदण्डको पूर्ण पालना गर्ने गरी सेवा प्रदान गरेका छौं ।” उनका अनुसार चिया बगान घुम्न, हिमाली क्षेत्रको दृश्यावलोकन र घोडचढी गर्न तथा विभिन्न जातजातिको भेषभूषमा सजिएर तस्वीर लिन यहाँ पर्यटक आउन थालेका छन् ।

अन्तुमा पनि आउने पर्यटकले यतिखेर यहाँको घरवास ९होमस्टे० मा भरिएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा दिन थालिएको अन्तुका होमस्टे व्यवसायी रुद्र घिमिरेले बताए । उनका अनुसार भीडभाड नहुने गरी होमस्टे, कटेज र होटलमा पर्यटकलाई राख्ने व्यवस्था मिलाइएको छ । अन्तुमा पर्यटक बढेपछि वडा कार्यालयले समेत स्वास्थ्य मापदण्ड अपनाउन ब्यवसायी र पर्यटकलाई आग्रह गरेको छ ।

प्रदेश नं १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको सूर्योदय नगरपालिकाको कन्याम, अन्तुलगायत स्थानमा पर्यटकको चहलपहल बढ्न थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । पर्यटन व्यवसाय सञ्चालनमा आएपछि अब बैंकको ऋण र ब्याज बुझाउन पाउनेमा उनीहरु ढुक्क छन् । रासस

वि.सं.२०७७ असोज २९ बिहीवार १५:१२ मा प्रकाशित

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...