back
CTIZAN AD

ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते

वि.सं.२०७७ असोज २९ बिहीवार

753 

shares

 

२९ असोज काठमाडौं । काठमाडौँको सोह्रखुट्टेस्थित नयाँ बजारको फलफूल चोकमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।

उक्त घटनामा ठूलो भौतिक क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । घाइतेमध्ये तीन जनाको मनमोहन अस्पताल ठमेल र तीन जनाको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विस्फोटपछि आगलागीसमेत भएको जनाइएको छ । दमकलको सहायतामा प्रहरीले आगो निभाएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीका अनुसार आज बिहान ११ः५० मा घटना भएको हो । विस्फोटबाट घरको भौतिक संरचना नै भत्किएको उनले जानकरी दिए। उक्त घटनाका कारण वरिपरीका घरमा समेत क्षति पुगेको जनाइएको छ ।

निलकुमारी क्षेत्रीको घरमा विस्फोट भएको हो । उनका श्रीमान्को हिजो मात्रै निधन भएको थियो । परिवार किरियामा बसेका बेलामा विस्फोट भएको जनाइएको छ । चारतले घरको दोस्रो तलामा ग्यास चुहिएपछि विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७७ असोज २९ बिहीवार १५:३४ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...