back
CTIZAN AD

एमसीसीसहित भ्रष्टाचारका मुद्दामा विप्लवसहित २१ बाम पार्टीको प्रदर्शन

वि.सं.२०७७ असोज २९ बिहीवार

720 

shares

काठमाडौं । एमसीसी सम्झौतासहित विभिन्न भ्रष्टचारका काण्डविरुद्व २१ बाम पार्टीले बिहिबार प्रदर्शन गरेका छन् । अपरान्ह १ बजेदेखि काठमाडौंको माइतीघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पनि सहभागी छ । प्रदर्शनमार्फत २१ बाम पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेका छन् । २१ पार्टीले भारतले गरेको सीमा अतिक्रमणको विरोध गरेका छन् ।

साथै कोरोना महामारीमा सरकारबाट भएको भ्रष्टाचारको विरोध गरिएको छ । २१ पार्टीले कोभिडको उपचार निःशुल्क गर्न, भोकमरीबाट पीडित जनताको न्यूनत आवश्यकता सम्बोधन गर्न, रोजगारीको व्यवस्था गर्न लगायतका माग राखेका छन् ।

एक घण्टासम्म चलेको प्रदर्शनमा २१ पार्टीका तर्फबाट १०५ जनाको उपस्थिति थियो ।

प्रदर्शनमा यसअघि कार्यगत एकता घोषणा गरेका (नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), . नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र, नेपाल, एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारावादी कम्युनिस्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेपाल, नेकपा (माक्र्सवादी), नेकपा माक्र्सवादी (पुष्पलाल) र नेकपा (माओवादी)काे सहभागीता थियाे ।

वि.सं.२०७७ असोज २९ बिहीवार १५:४३ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...