२९ असोज, काठमाडौँ । गाउँपालिकाको नाममा अनधिकृत फेसबुक पेज बनाउने, ख्यातिप्राप्त महिला कलाकार लगायतका बारेमा अश्लिल, आपत्तिजनक सन्देश पठाउने, प्रतिक्रिया जनाउने, फोटोको स्वरुप बिगार्ने व्यक्ति उपर मुद्दा दायर गरिएको छ ।
ढकारी गाउँपालिका अनलाइन खबर फेसबुक पेजमा समााजमा अपाच्य स्टाटसहरु लेख्नुका साथै फोटो एडिट गरी ट्रोल बनाइ पोष्ट गर्ने विरुद्ध साइबर अपराध गर्ने अछाम ढकारी गाउँपालिका वडा नं ५ चैनपुर बस्ने किरण क्षेत्री भन्ने किरण बुढा विरुद्ध काठमाडौँ जिल्ला अदालत काठमाडौँमा मुद्धा दायर गरिएको छ ।
उनले गाउँपालिकाको नाममा रहेको फेसबुक र गाउँपालिकाको नाममा अनधिकृत पेज बनाइ गाउँपालिकाको अपमान गराउने तथा महिला तथा व्यक्तिहरुको चरित्रहत्या गर्ने, हैरानी दिने, सामाजिक सद्भाव, शिष्टाचार र नैतिकता विरुद्धको सामाग्री पोष्ट गरेको अनुसन्धानमा खुल्न आएको छ ।
अनुसन्धानका क्रममा बढुाले विद्युत कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) अनुसार कसुर गरेको खुल्न आएको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ ।

वि.सं.२०७७ असोज २९ बिहीवार १८:१५ मा प्रकाशित





























