back
CTIZAN AD

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड, करिब ६ लाख आवेदकको हात खाली

वि.सं.२०७७ असोज ३० शुक्रवार

657 

shares

काठमाडौं। सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणमा बिक्री गरेको आइपीओ शुक्रबार बाँडफाँड गरेकाे छ । कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले बाँडफाँड गरेकाे हाे ।

कम्पनीले यही असोज २१ देखि २५ गतेसम्म निष्कासन गरेको २७ लाख ३० हजार कित्ता आईपीओको लागि आवेदन खुला गरेको थियो। शेयर बाँडफाँडमा ५ लाख ९० हजार ५८५ जना आवेदकको हात खालि भएको छ।

उक्त अवधिमा आईपीओको लागि ८ लाख ६६ हजार ९०५ जनाको आवेदन परेको थियो। यो भनेको कम्पनीको एक करोड ८५ लाख ९१ हजार ५२० कित्ता शेयर हुन आँउछ। त्यसमधये दोहोरो आवेदन दिने तीन हजार ३६० जनाको आवेदन रद्द गरिएको इन्स्यारेन्सको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जानकारी दिएको छ।

बाँकी रहेका दुई लाख ७३ हजार आवेदकलाई प्रतिव्यक्ति १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ।

वि.सं.२०७७ असोज ३० शुक्रवार ११:४१ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...