परशुराम भूर्तेल, पर्वत । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेसँगै पैयुँका विद्यालय फेरि बन्द भएका छन् । पैयूँ गाउँपालिकाले शुक्रबारदेखि लागु हुने गरि विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।
कोरोना महामारी कम हुँदै जाँदा केहि समयदेखि वैकल्पिक विधिबाट विद्यालयहरुमा पठनपाठन भएका थिए । पछिल्लो समय एकाएक गाउँपालिकाभित्र कोरोना संक्रमण देखिएसँगै नियन्त्रण तथा रोकथामका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको पैयूँका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिए ।
यसैबीच शुक्रबारका लागि तय भएको पालिका स्तरीय सार्वजनिक सुनुवाई पनि स्थगित गरिएको छ । काेभिड संक्रमणकाे जाेखिम बढेसँगै पालिकाले सार्वजनिक सुनुवाई पनि स्थगित गरेकाे हाे ।
यस्तो छ गाउँपालिकाले सार्वजनिक गरेको सूचना

वि.सं.२०७७ असोज ३० शुक्रवार १२:०८ मा प्रकाशित






























