back
CTIZAN AD

कर्णाली विद्रोह : असन्तुष्ट समुहसँग प्रचण्ड गरे छलफल

वि.सं.२०७७ असोज ३० शुक्रवार

816 

shares

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेशका असन्तुष्ट समुहसँग भेटघाट गरेका छन् । शुक्रबार कर्णालीका सह–इन्चार्ज यामलाल कँडेल र निलम्बित प्रमुख सचेत गुलाबजंग शाहसँग प्रचण्डले भेटघाट गरेका हुन् ।

नेकपा स्रोतले जनाएअनुसार प्रचण्ड निवासमा भएको भेटमा नेता कँडेल र निलम्बित सचेतक शाहले प्रदेश सरकारमा देखिएका समस्याबारे जानकारी गराएका थिए । ‘उहाँहरुले आफ्नो असन्तुष्टी विषय स्पष्टसँगले राख्नुभयो, जसलाई अध्यक्ष ज्यूले पनि ध्यानपूर्वक सुन्नुभएको छ’, प्रचण्ड निकट स्रोतले भन्यो, ‘अध्यक्ष ज्यूले छिट्टै निकास दिने बचन दिनुभएको छ ।’

यसअघि बिहिबार प्रचण्डले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग छलफल गरेका थिए ।

गत आइतबार एकाएक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्व नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । ओली पक्षीय नेता तथा हालका प्रदेश सह–इन्चार्ज यामलाल कँडेलको नेतृत्वमा शाहीविरुद्व अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

प्रचण्ड र माधव पक्षका सांसद मिलेसँगै अविश्वासको प्रस्ताव त तत्कालका लागि टर्यो तर विवाद साम्य नभएको कारण केन्द्रबाट छलफलका लागि नेताहरुलाई बोलाइएको थियो । प्रधानमन्त्री ओलीले पत्र नै काटेर विद्रोहमा सहभागी सबै नेतालाई काठमाडौं बोलाएका थिए ।

वि.सं.२०७७ असोज ३० शुक्रवार १५:४६ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...