back
CTIZAN AD

संयुक्त आन्दोलनलाई निर्णायक बनाउने हो भने तत्काल यी काम गरौं

वि.सं.२०७७ असोज ३० शुक्रवार

651 

shares

हालै विस्तारित २१ दलीय\सांगठनिक संयुक्त मोर्चाको स्वरुपमा बनेको कार्यगत एकतालाई अझ विस्तृत, सुदृढ र व्यापक बनाउनु पर्छ । यसनिम्ति तत्कालै यी काम गर्न जरुरी छ ।

१. यसको लक्ष-गन्तव्य निश्चित गर्ने, आन्दोलनको स्वरुप निर्धारण गर्ने, आन्दोलनमा सहभागी हुन–गराउन सकिने शक्ति, व्यक्ति र संघसंस्थाको बारेमा आधार र नीति स्पष्ट गर्ने, आन्दोलन संचालनका लागि विधि, व्यवस्था (system/mechanism) र विभागहरु बनाउने, उपयुक्त कार्यबिभाजन गर्ने, आदि कामहरु तत्कालै गरिहाल्नु पर्दछ ! यससन्दर्भमा मोर्चाको आधारभूमिको रुपमा एउटा आधारपत्र वा एउटा घोषणापत्र अबिलम्ब जारी गर्नु अनिवार्य रुपले आवश्यक छ !

२. तत्पश्चात् मुख्यतः मोर्चाका मुख्य दलका हस्तीहरु वर्तमान सत्ताबाट देश र जनतालाई गुणात्मक त होइन, मात्रात्मक रुपमा पनि केही खास उपलब्धी प्राप्त हुन्न भन्ने कुरामा विश्वस्त भै निर्णायक आन्दोलन गर्ने कुरामा मानसिक÷आत्मगत रुपले स्पष्ट र दृढ हुनु पर्दछ र आआफ्ना विचार–भावना र व्यवहार, सोंच-शैली र संस्कार, मति–गति र रीती, नीति–नियत र नियती अनि आशा–अपेक्षा र आकाङ्क्षा आदि अविलम्ब अपडेट गर्नु जरुरी छ ।

३. मोर्चामा आबद्ध घटकका नेतृत्वदायी व्यक्तित्वहरु स्वयं नै विगतमा विभिन्न शक्ति र व्यक्तिहरुसङ्ग भएका केही आग्रह, पूर्वाग्रह र प्रतिशोधबाट मुक्त भै एकता, सहकार्य र सहयोगको भावनाले काम गर्न तत्पर हुनु पर्दछ । साथै संयुक्त मोर्चा र आन्दोलनका दौरानमा गुटगत संकीर्णता र स्वार्थका कारणले भिन्न संगठनका नेता–कार्यकर्ताहरुलाई प्रभाव वा दवावमा पारेर आफू वा आफ्नो संगठनतिर तान्ने कूटनीति र कुनीती काहीँ, कैले र कसैले गर्नु\गराउनु किमार्थ हुँदैन ।

४. संयुक्त बैठकमा संबन्धित संस्थाका मुख्य नेतृत्व नै उपस्थित भै विगतका विरोधाभासपूर्ण र विडम्बनायुक्त आपसी विरोध, अवरोध र प्रतिरोधको विरासतबाट पुनःसंस्कारित\रुपान्तरित भएको स्पष्ट आभास दिई मोर्चाको नीति, योजना र कार्यक्रम बनाउनुपर्दछ ।

५. संयुक्त रुपले संघर्ष गर्न एउटै मोर्चा बनाएर एउटै निशानामा प्रहार केन्द्रीत गर्ने गरी संयुक्त हुन नसक्ने संघसंस्था र दल\संगठनहरुलाई आ-आफ्ना अलगअलग मोर्चाबाट उहीँ निशानामा प्रहार केन्द्रीत गर्ने गरि सकेसम्म ‘एक मोर्चा एक निशाना’ को नीति अनुसार लड्न र त्यसो गर्न नसके पनि ‘अनेक मोर्चा एक निशाना’ को नीति अनुसार लड्न अर्थात संघर्षमा सहकार्य वा तालमेल गरि आन्दोलन गर्ने सुनिश्चित गर्नुपर्छ ।

६. नेपाली वैचारिक-राजनीतिक स्कूलिङ र आन्दोलनका विभिन्न धार र प्रवृत्तिहरुको विरासत बोकेका बाँकी नेतृत्व र व्यक्तित्वहरुलाई जोड्नु जरुरी छ । यसक्रममा …..

क. भीमसेन थापा, बलभद्र कुंवर हुँदै कीर्तिनिधी विष्टलगायतको साम्राज्यवाद-उपनिवेसवाद विरोधी स्कूलको देशभक्तिपूर्ण आन्दोलन र अभियानको धारः वीपी, गणेशमान र कृष्णप्रसादको प्रजातान्त्रिक समाजवादी स्कूलको धारः सर्वहारा श्रमिक स्कुल अर्थात् रुपलाल विश्वकर्मा स्कुलको सर्वहारा शैलीमा भोकानाङ्गा जनताको बीचमा गएर सामन्त, जमिन्दार र सूदखोरहरुका विरुद्ध लड्ने ग्रामीण वर्गसंघर्षको वैचारिक–राजनीतिक धारस चौम–एकताकेन्द्र स्कुल अर्थात् निर्मल लामा स्कूलको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको निम्ति लड्ने सहरिया जनआन्दोलनको वैचारिक–राजनीतिक धारः आधार इलाकाको रुपमा केही सिमित स्थानलाई जनाधार बनाएर त्यहींबाट क्रान्तिकारी संगठन र संघर्षलाई विस्तार र विकास गर्ने रातोझण्डा हुँदै मजदुर–किसान पार्टीको अर्थात रोहित स्कूलको क्रान्तिकारी राष्ट्रवादी (स्वच्छता र देसभक्तिपूर्ण) आन्दोलनको धार तथा मदन-आस्रित स्कूलिङ र प्रचण्ड स्कूलिङका इमान्दार क्रान्तिकारी कम्युनिस्टहरुको स्वच्छता र समर्पणको धार लगायतका विभिन्न आस्था-आदर्श र निष्ठा-नैतिकताको स्कूलिङका धारा र प्रवृत्तिहरुलाई वर्तमान मोर्चामा भएका र हुने पुस्पलाल स्कूलको निरंकुश राजतन्त्रात्मक पंचायती व्यवस्था(मुख्य दुश्मन) विरुद्धमा वाम तथा प्रजातान्त्रिक शक्तिबीचको सहसंघर्षको कार्यगत एकताको धारस चौम-मसालको स्कुल अर्थात् मोहनविक्रम स्कूलको राष्ट्रिय र जनवादी क्रान्ती समानान्तर रुपमा गर्ने भन्ने धारः झापा विद्रोहको कोके-माले स्कुल अर्थात् सीपी मैनाली स्कूलको क्रान्तिकारी स्पिरिट्को धारस माओवादी जनयुद्धको स्कूल अर्थात् मोहन वैद्य किरण स्कूलको त्याग–बलिदानको धार अनि शिवराज गौतम, अम्बिका साँवा, शक्ति लम्साल र स्वनाम साथी आदिका स्वच्छ्ता, समर्पण र संघर्षशील विचार र आचारको स्कूलको क्रान्तिकारी संस्कार\संस्कृतिको धारलगायतका हालका विप्लवसमेतका विभिन्न नयाँ–नयाँ धारा, प्रवृती र व्यक्ती\व्यक्तित्वहरुका वैचारिक–प्राविधिक ज्ञान\विज्ञानका स्कूलहरुका शिक्षादीक्षा र संस्कार संस्कृतिजन्य धारहरुसंग जोड्नै पर्दछ ।

ख. यसैगरी के. आई. सिंह विद्रोह, कामी बुढा र भीमदत्त पन्तका पश्चिम नेपालका किसान विद्रोह, थवाङ आन्दोलन, जुगेडी–जुटपानी सघर्ष, पुर्तिमघाट मनिएक्सन, पिस्कर-छिन्ताङ्ग आन्दोलन, हर्रेबर्रे र खनियाँबास आन्दोलन, कर्ण ह्याजु आन्दोलन, नक्खु, गोरखा र कन्चनपुर लगायतका जेलब्रेक आन्दोलनका साथै मूलतः २००७ साल, २०३६ साल, २०४६ साल, २०५२ साल र २०६२र६३ साललगायतका प्रजातान्त्रिक, शैक्षिक, राजनीतिक, बौद्धिक, जातीय (राष्ट्रिय र दलित), क्षेत्रीय, लिङ्गीय, भाषिक, सांस्कृतिक र गजेन्द्र नारायण सिंह, रामराजाप्रसाद सिंह लगायतका नेताहरुद्वारा संचालित मधेस र मधेसीका मुक्ती आन्दोलन आदि राजनीतिक, सामाजिक–आर्थिक मुक्ती आन्दोलनका प्रतिनिधि संगठन र तिनका नेता\नायक वा तिनका उत्तराधिकारी\अनुयायीहरु पनि अविलम्ब समावेस हुनु-गर्नु जरुरी छ ।
ग. विशेष र ठोस रुपमा भन्नुपर्दा मुख्यतः क. नारायणमान विजुक्छे रोहित नेतृत्वको नेमकिपा, विप्लव नेतृत्वको नेकपा, वीपी-(शैलजाको प्रजातान्त्रिक समाजवादी विचारका सच्चा वाहक स्वच्छ नेता जगन्नाथ संस्थापनको वीपी काङ्ग्रेसजस्ता राजनीतिक शक्तिहरु लगायतका अन्य केही दल\संगठनहरु सहभागी हुनु÷गराउनु अत्यावश्यक छ ।

घ. राजनीतिक शक्तिका अतिरिक्त नागरिक स्तरका स्वतन्त्र शैक्षिक, सामाजिक र सांस्कृतिक संघसंस्थाहरु समेत इतिहासको निर्मम र क्रान्तिकारी समीक्षा र संश्लेषण गरी संघर्षको यस मोर्चामा सामेल हुनु\गर्नुपर्दछ । तीमध्ये स्वनाम साथी अध्यक्ष रहेको मार्क्सीय गुरुकुल, लीलामणी पोख्रेल अध्यक्ष भएको निर्मल लामा स्मृति प्रतिष्ठान, युवराज संग्रौला अध्यक्ष रहेको न्यायिक क्षेत्र सुधार अभियान, रामकुमारी झाँक्री अध्यक्ष रहेको सहाना प्रधान स्मृति प्रतिष्ठान, लेखनाथ न्यौपाने (?) अध्यक्ष रहेको सुरेश वाग्ले स्मृती प्रतिष्ठान, हितराज पाण्डे अध्यक्ष भएको सहिद आवासीय विद्यालय गुठी, एकराज भण्डारी अध्यक्ष रहेको वेपत्ता योद्धा समाज, हीरामणी अध्यक्ष रहेको कृष्ण सेन इच्छुक स्मृती प्रतिष्ठान, असोज महर्जन संयोजक रहेको नागरिक आवाज, डी.डी. पाण्डे अध्यक्ष रहेको समाजवादी राष्ट्रिय मंचलगायतका अन्य कैयौं इच्छुक र आवश्यक संघसंस्था र तिनका नेतृत्वहरु अनिवार्य रुपले आबद्ध हुनु\गर्नु पर्दछ ।

ङ. संस्थागत प्रतिनिधित्व नगरे पनि सामाजिक-सांस्कृतिक वा साहित्यिक-शैक्षिक आदि क्षेत्रबाट राष्ट्रिय जीवनमा महत्वपूर्ण भूमिका खेलेर आफ्नो पहिचान बनाएका विभिन्न बौद्धिक व्यक्तित्वहरु पनि यस मोर्चामा समावेस र सकृय हुनु\पार्नु पर्दछ ।

७. तत्पश्चात् मोर्चाका शाखाहरुलाई आवस्यकता र संभाव्यताका आधारमा देशभित्र प्रदेश र जिल्लामा तथा विदेशमा नेपाली बहुल विभिन्न देश र मुख्य मुख्य सहरहरुमा समेत विस्तार गरि परिचालन गर्नु÷गराउनु पर्दछ ।

अन्त्यमा, यति गर्दै आन्दोलन सुरु गरे निश्चय नै आन्दोलनले क्रमशः गति लिनेछ, लय पक्रने छ, विस्तार र विकास हुनेछ र गन्तव्यमा पुग्ने छ । अनि मात्र हाम्रो संयुक्त आन्दोलन निर्णायक हुनेछ । धन्यवाद !

लेखक, नेकपाका केन्द्रीय सदस्य हुन्

वि.सं.२०७७ असोज ३० शुक्रवार १५:४६ मा प्रकाशित

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...