काठमाडौं । नेपाल प्रहरीले प्रहरी जनावको लागि ठूलो संख्यामा आवेदन माग गरेको छ । शुक्रबार एक सूचना सार्वजनिक गर्दै प्रहरीले आवेदन माग गरेको हो ।
प्रहरीले रिक्त ५ हजार २२७ प्रहरी जवानको लागि आवेदन माग गरेको हो । जसमध्ये खुल्लातर्फ २ हजार ८१७, अमर/अशक्त प्रहरी परिवारतर्फ १०५, महिलातर्फ ४६१, आदिवासी जनजाती तर्फ ७३७, दलित तर्फ ३४५ र पिछडिएको तर्फ ११६ आवेदन माग गरिएको छ ।
सूचनाअनुुसार आगामी कात्तिक १६ देखि मंसिर २३ सम्म दरखास्त फाराम भर्न सकिनेछ । प्रहरीले महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरसहित देशभा विभिन्न ७ तालिम केन्द्रबाट आवेदन दिन सकिने जनाएको छ ।
साथै सबै जिल्ला प्रहरी कार्यालयबाट पनि आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
यस्तो छ नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना
वि.सं.२०७७ असोज ३० शुक्रवार १७:४३ मा प्रकाशित




























