३० असोज, काठमाडौँ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं ७ का २५ वर्षीय पुरुषको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए। सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत निज यही असोज २५ गते अस्पताल भर्ना भएकोमा २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यसैबीच प्रदेशमा थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थपिनेमा नवलपरासी(बर्दाघाट सुस्ता पूर्व)का १६, गोरखाका नौ, लमजुङ र स्याङ्जाका चार/चार, बाग्लुङका दुई, कास्की र पर्वतका एक÷एक जना छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ४७१ जना रहेको निर्देशनालयले जनाएको छ ।
वि.सं.२०७७ असोज ३० शुक्रवार १७:५६ मा प्रकाशित






























