back
CTIZAN AD

प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन : विप्लव समूह सक्रिय हुन थाले, निस्तेज पार्नुस

वि.सं.२०७७ असोज ३० शुक्रवार

777 

shares

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भूमिगत रुपमा सक्रिय रहेको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको समुहलाई निस्तेज पार्न प्रहरीलाई निर्देशन गरेका छन् । प्रहरी दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले विप्लव समुह सक्रिय हुन थालेको भन्दै निस्तेज पार्नुपर्ने बताएका हुन् ।

विप्लव समुहले भूमिगत रुपमा राजनीतिक आवरणमा चन्दा असुली गर्ने गरेको र विकास निर्माणमा अवरोध गर्ने गरेको उनको भनाई छ । उनले विप्लवविरुद्वको अभियानमा प्रहरीले कतै सम्झौता नगरी अगाडि बढ्ने विश्वास पनि व्यक्त गरे ।

‘संविधानको उपलब्धिलाई चुनौती दिँदै भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आमनागरिकका हक, अधिकार निर्भीकताका साथ प्रयोग हुने वातावरणमा अड्चन पैदा गर्ने कोशिस गरिरहेका छन्’, उनले भने, ‘त्यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न नेपाल प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेसनमा कतै पनि सम्झौता गर्ने छैन भन्ने मेरो पूर्ण विश्वास छ ।’

मन्त्री थापाले त्यस्तो अभियानमा आफ्नो पूर्णं सहयोग रहने वचन पनि दिए । गृहमन्त्री थापाले भने, ‘अपराध र अपराधीको विषयमा मभन्दा यहाँहरु नै धेरै जानकार र व्यवसायिक हुनुहुन्छ। तसर्थ अपराधको प्रवृति विश्लेषण गरेर रणनीतिक रुपमा योजनावद्ध तरिकाले अगाडि बढ्नुस्, यहाँहरुलाई मन्त्रालयबाट उचित समन्वय र सहयोग उपलब्ध गराइने वचन दिन चाहन्छु ।’

वि.सं.२०७७ असोज ३० शुक्रवार १८:१३ मा प्रकाशित

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र छपाइ तथा सूचना प्रणाली व्यवस्थापनको...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...