३० असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल निको भई आज घर फर्किएका छन् ।
उच्च रक्तचाप बढेपछि धुम्रबाहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत रहेका पूर्व प्रधानमन्त्री खनाल आज घर फर्किएको उनी आफैले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
उनले आफ्नो अवस्था सामान्य रहेको जानकारी दिँदै उपचारमा खट्ने स्वास्थ्यकर्मी, स्वास्थ्यलाभ गर्ने सबैमा धन्यवाद व्यक्त गरेका छन् ।
खनाललाई उच्च रक्तचापसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि गत बिहीबार अस्पतालमा भर्ना गरिएको थियो ।
२०७७ असोज २८ गते म रक्तचाप बढ्न गई धुम्बाराही स्थित ह्राम्स अस्पतालमा भर्ना भएको थिए । अस्पतालका डाक्टरहरुको निरन्तरको…
Posted by Jhalanath Khanal – झलनाथ खनाल on Friday, October 16, 2020
वि.सं.२०७७ असोज ३० शुक्रवार १८:१८ मा प्रकाशित






























