३० असोज, काठमाण्डौं । नेपालमा शुक्रबार ( ३० असोज) सम्म पिसीआर प्रविधिबाट १२ लाख ५४ हजार १६७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १६,५३१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३७,३८२ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १२,३३६ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २५,०४६ रहेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३१५ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३२ प्रदेश २ मा १३ बागमती प्रदेशमा १७०, गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ५४, कर्णाली प्रदेशमा १८, सुदुरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा ३१५ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा ९ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा ५८ जना, गण्डकी प्रदेशमा ४ जना, लुम्बिनी प्रदेशमा २ जना र सुदुरपश्चिम प्रदेशमा २ जना गरी जम्मा ७७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, काठमाडौ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, दाङ, रुपन्देही र सुर्खेत गरी १० वटा रहेका छन् ।
त्यस्तै आज थपिएका ४३९२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख, २६ हजार १३७ पुगेको छ । साथै आज ३५२२ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८८ हजार ४० पुगेको छ । आज २१ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ ।
आज काठमाडौं उपत्यकाका २४०२ सहित ४३९२ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका २,४०२ जनासहित देशैभरी ४३९२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १,७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४ जना संक्रमित थपिएका हुन् ।
आज १६,५३१ वटा नमुना परीक्षण गरिएकोमा देशैभरी ४३९२ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ७, उदयपुरमा ७, ओखलढुंगामा ३, झापामा ६५, ताप्लेजुङमा ३, तेह्रथुममा ८, धनकुटामा २, भोजपुरमा १, मोरङमा २८८, संखुवासभामा १० र सुनसरीमा २०२ जना गरी प्रदेशमा ५९६ जना नयाँ संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा ६, पर्सामा १८, बारामा ७, महोत्तरीमा ९, रौतहटमा २१, सप्तरीमा २४, सर्लाहीमा ३ र सिराहामा २१ जना गरी प्रदेशमाा १०९ संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा १७८४, काभ्रेपलान्चोकमा ९०, चितवनमा १२८, दोलखामा ६, धादिङमा १५, नुवाकोटमा १२, भक्तपुरमा २४४, मकवानपुरमा १२१, रामेछापमा ७, ललितपुरमा ३७४, सिन्धुपाल्चोकमा २३ र सिन्धुलीमा ८ गरी प्रदेशमा जम्मा २८१२ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा ५९, गोरखामा २०, तनहुँमा २४, नवलपरासीपुर्वमा १२१, पर्वतमा ३, मुस्ताङमा १, म्याग्दीमा ६, लमजुङमा ११, बागलुङमा १४ र स्याङजामा ६ जना गरी प्रदेशमा २६५ जना संक्रमित थपिएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ७, कपिलवस्तुमा १२, गुल्मीमा १४, दाङमा ६४, नवलपरासीमा २०, पाल्पामा १५, प्युठानमा ५३, बर्दियामा १७, बाँकेमा ४१, रुकुमपुर्वमा १, रुपन्देहीमा १७६ र रोल्पामा २ जना गरी प्रदेशमा ४२२ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको जाजरकोटमा २, कालिकोटमा ११, जुम्लामा ८, डोल्पामा १, दैलेखमा २२, रुकुमपश्चिममा ३, सल्यानमा १, सुर्खेतमा ४४ र हुम्लामा १ जना संक्रमितसहित प्रदेशमा ९३ जना नयाँ संक्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको अछाममा १, कन्चनपुरमा १४, कैलालीमा ५८, डडेल्धुरामा ६, डोटीमा १, दार्चुलामा ७, बझाङमा ५, बाजुरमा १ र बैतडीमा २ जना गरी प्रदेशमा आज ९५ जना संक्रमित थपिएसँगै आज देशैभरी ४३९२ जना संक्रमित थपिएका हुन् । जसमा महिला १६०३ र पुरुष २७८९ जना रहेका छन् ।
आज थपिएका४३९२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख, २६ हजार १३७ पुगेको छ ।
आज पनि ३५२२ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ८८ हजार नाघ्यो
कोरोना संक्रमणबाट नेपालमा आज ३५२२ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ३,५२२ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ३५२२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८८ हजार ४० पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ७६२७, प्रदेश २ मा १५,४०१, बागमती प्रदेशमा २७,२१३, गण्डकी प्रदेशमा ४५७१, लुम्बिनी प्रदेशमा ११,५७५, कर्णाली प्रदेशमा ३७६६ र सुदूरपश्चिम प्रदेशमा ७,८८७ जना गरी हालसम्म जम्मा ८८ हजार ४० जना निको भएका हुन् ।
यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ४६५, प्रदेश २ मा १५३, बागमती प्रदेशमा ३११, गण्डकी प्रदेशमा ६४३, लुम्बिनी प्रदेशमा १३५५,कर्णाली प्रदेशमा ५१५ र सुदूरपश्चिम प्रदेशमा १,३६६ जना गरी हालसम्म जम्मा ४,८०८ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।
यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ९१२, प्रदेश २ मा ६२५, बागमती प्रदेशमा ७,६२३, गण्डकी प्रदेशमा ७६९, लुम्बिनी प्रदेशमा १,६२६, कर्णाली प्रदेशमा ३४० र सुदूरपश्चिम प्रदेशमा ४४१ जना गरी हालसम्म जम्मा १२,३३६ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।
त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा ४०६५ प्रदेश २ मा ७३२, बागमती प्रदेशमा १५,९६८, गण्डकी प्रदेशमा ९३०, लुम्बिनी प्रदेशमा २१६५, कर्णाली प्रदेशमा ७१६ र सुदूरपश्चिम प्रदेशमा ४७० जना गरी २५,०४६ जना रहेका छन् ।
कोरोना संक्रमणबाट आज पनि २१ जनाको मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लाका २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । आज थपिएका २१ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ ।
यस्तो छ नेपालमा असोज २९ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ असोज ३० शुक्रवार १८:२१ मा प्रकाशित






























