back
CTIZAN AD

यस्तो छ नेपालमा असोज २९ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज २९ बिहीवार

633 

shares

२९ असोज, काठमाण्डौं । नेपालमा विहिबार (२९ असोज) सम्म पिसीआर प्रविधिबाट १२ लाख ३७ हजार ६३६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १६,५९८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३६ हजार ५३३ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १२,३३९ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २४,१९४ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३१४ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३७, प्रदेश २ मा १९, बागमती प्रदेशमा १७५, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा ५४, कर्णाली प्रदेशमा १८ जना, सुदुरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा ३१४ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ६ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा ५६ जना र लुम्बिनी प्रदेशमा २ जना र सुदुरपश्चिम प्रदेशमा ३ जना गरी जम्मा ६८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, काठमाडौ,ं भक्तपुर, ललितपुर, चितवन दाङ, बाँके र र रुपन्देही गरी ११ वटा रहेका छन् ।

त्यस्तै आज थपिएका ३७४९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । साथै आज ३५६४ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ ।  आज १९ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १९३५ सहित ३७४९ जनामा कोरोना संक्रमण
आज काठमाडौं उपत्यकाका १ हजार ९३५ जनासहित देशैभरी ३७४९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १६९२ ललितपुरमा १०८ र भक्तपुरमा १३४ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाम, तेह्रथुम, धनकुटा र पाँचथरमा १\१ जना, उदयपुरमा ११, ओखलढुंगामा १, खोटाङमा २, झापामा ३३, भोजपुरमा २, मोरङमा १७२, संखुवासभामा १ र सुनसरीमा ३२१ ज्ना गरी प्रदेशमा जम्मा ५४७ संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा २२, पर्सामा २६, बारामा १५६, महोत्तरीमा ३, रौतहटमा १०, सप्तरीमा ८, सर्लाहीमा ६ र सिराहामा २६ जना गरी प्रदेशमा आज जम्मा ११६ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १६९३, काभ्रेपलान्चोकमा ६७, चितवनमा ६२, दोलखामा ५, धादिङमा ११७, नुवाकोटमा ८, भक्तपुरमा १३४, मकवानपुरमा ९०, रामेछापमा ९, ललितपुरमा १०८, सिन्धुपाल्चोकमा १३ र सिन्धुलीमा १२ जना गरी प्रदेशमा आज जम्मा २३१८ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ३८, गोरखामा १४, तनहुँमा ५, नवलपरासीपूर्वमा ६, पर्वतमा ३, म्याग्दीमा १, लमजुङमा ४, बाग्लुङमा ५८, र स्याङजामा १ जना गरी प्रदेशमा आज जम्मा १३० जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ६, कपिलवस्तुमा ११, गुल्मीमा १४, दाङमा ११९, नवलपरासीमा ३२, पाल्पामा ६, प्युठानमा १०, बर्दियामा ११, बाँकेमा ३७, रुकुमपुर्वमा १ र रुपन्देहीमा १४६ जना गरी प्रदेशमा जम्मा ३९३ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा ४, जुम्लामा १, दैलेखमा १७, सल्यानमा १ र सुदर्खेतमा ४६ जना गरी आज प्रदेशमा जम्मा ९९ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ७, कन्चनपुरमा ११, कैलालीमा ५५, डडेल्धुरामा १, डोटीमा २८, दार्चुलामा ३८, बझाङमा ३, बाजुरामा १ र बैतडीमा २ जना गरी प्रदेशमा आज जम्मा १४६ जना संक्रमित थपिएसँगै आज देशैभरी ३७४९ जना संक्रमित थपिएका छन् । जसमा महिला १३२२ र पुरुष २४२७ जना रहेका छन् । आज थपिएका ३७४९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।

आज एकैदिन ३५६४ कोरोना संक्रमित निको भए
नेपालमा आज कोरोना संक्रमणबाट ३५६४ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ३,५६४ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ३५६४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ७,१७४, प्रदेश २ मा ५२३८, बागमती प्रदेशमा ३४ हजार ९८४, गण्डकी प्रदेशमा ४,४५४ लुम्बिनी प्रदेशमा ११,१९१, कर्णाली प्रदेशमा ३५९० र सुदूरपश्चिम प्रदेशमा ७८८७ जना गरी हालसम्म जम्मा ८४ हजार ५१८ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ४७२, प्रदेश २ मा १४२, बागमती प्रदेशमा ३१२, गण्डकी प्रदेशमा ६४३, लुम्बिनी प्रदेशमा १३६६ कर्णाली प्रदेशमा ५२८ र सुदूरपश्चिम प्रदेशमा १३६२ जना गरी हालसम्म जम्मा ४८२५ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ७९३, प्रदेश २ मा ८७३, बागमती प्रदेशमा ७,७९३, गण्डकी प्रदेशमा ७११, लुम्बिनी प्रदेशमा १६३७ कर्णाली प्रदेशमा ४९७ र सुदूरपश्चिम प्रदेशमा १३५ जना गरी हालसम्म जम्मा १२,३३९ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा ४०४२, प्रदेश २ मा ६४१, बागमती प्रदेशमा १५,२२८, गण्डकी प्रदेशमा ८४२ लुम्बिनी प्रदेशमा २११७, कर्णाली प्रदेशमा ६४३ र सुदूरपश्चिम प्रदेशमा ६८१ जना गरी २४ हजार १९४ जना रहेका छन् ।

कोरोना संक्रमणबाट आज १९ जनाको मृत्यु, मृतकको संख्या ६९४ पुग्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशका विभिन्न जिल्लामा संक्रमणबाट १९ जनाको मृत्यु भएको हो ।
.आज थपिएका १९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।

यस्तो छ नेपालमा असोज २८ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज २९ बिहीवार १७:५० मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...