back
CTIZAN AD

यस्तो छ नेपालमा असोज २८ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज २८ बुधवार

642 

shares

२८ असोज, काठमाण्डौं । नेपालमा बुधबार (२८ असोज) सम्म पिसीआर प्रविधिबाट १२ लाख २१ हजार ३८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १३,९४७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३६ हजार ३६७ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १४,८१९ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २१,५४८ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३०५ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३९, प्रदेश २ मा १९, बागमती प्रदेशमा १६६, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा ५३, कर्णाली प्रदेशमा १८ र सुदूरपश्चिम प्रदेशमा ४ जना गरी जम्मा ३०५ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ८ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा ५६ जना र लुम्बिनी प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा ३ जना गरी जम्मा ७० जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौ,ं भक्तपुर, चितवन, दाङ, बाँके र रुपन्देही गरी ११ वटा रहेका छन् ।

त्यस्तै आज थपिएका २६३८ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ । संक्रमित भएका मध्ये ३५ हजार ८२२ जना महिला र पुरुष ८२ हजार १७४ रहेको छ ।

त्यस्तै आज २१७४ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८० हजार ९५४ पुगेको छ ।

आज १२ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १४०३ सहित २ हजार ६३८जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका १४०३ जनासहित देशैभरी २ हजार ६३८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जना संक्रमित थपिएका हुन् । जसमा महिला ९४० र १६९८ जना पुरुष रहेका छन् ।

प्रदेश अनुसार प्रदेश १ मा ४८५, प्रदेश २ मा १६७, बागमती प्रदेशमा १५९४, गण्डकी प्रदेशमा १७९, लुम्बिनी प्रदेशमा ११३, कर्णाली प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा ७५ जना संक्रमित थपिएका हुन् ।

आज एकैदिन २१७४ जना कोरोना संक्रमणबाट मुक्त
नेपालमा आज २१७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २१७४ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएका २१७४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८० हजार ९५४ पुगेको छ । कुल संक्रमित मध्ये निको हुनेको यो संख्या ६८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ६९९२, प्रदेश २ मा १५,१३३, बागमती प्रदेशमा ३२,१२७, गण्डकी प्रदेशमा ४३८० लुम्बिनी प्रदेशमा ११,१०६, कर्णाली प्रदेशमा ३,५३६ र सुदूरपश्चिम प्रदेशमा ७६८० जना गरी हालसम्म जम्मा ८० हजार ९५४ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ४६९ प्रदेश २ मा १४०, बागमती प्रदेशमा ३३३, गण्डकी प्रदेशमा ६४३, प्रदेश लुम्बिनी प्रदेशमा १३७९, कर्णाली प्रदेशमा ५२४ र सुदूरपश्चिम प्रदेशमा ११७८ जना गरी हालसम्म जम्मा ४ हजार ६६६ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा १६८०, प्रदेश २ मा ८३१, बागमती प्रदेशमा ९,५५६ गण्डकी प्रदेशमा ६५५, लुम्बिनी प्रदेशमा १३५२, कर्णाली प्रदेशमा ४९७ र सुदूरपश्चिम प्रदेशमा २४८ जना गरी हालसम्म जम्मा १४,८१९ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा २७९५, प्रदेश २ मा ५७२, बागमती प्रदेशमा ४०१५, गण्डकी प्रदेशमा ८४२, लुम्बिनी प्रदेशमा २०९७, कर्णाली प्रदेशमा ५९८ र सुदूरपश्चिम प्रदेशमा ६२९ जना गरी २१,५४८ जना रहेका छन् ।

कोरोना संक्रमणबाट आज १२ जनाको मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
आज थपिएका १२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।

यस्ता व्यक्तिहरुको निःशुल्क कोरोना परीक्षण गरिने
सरकारले आर्थिकरुपले विपन्न, अशक्त, असहाय अवस्था रहेका लगायतक विभिन्न क्षेत्रमा कार्यरत नागरिकहरुको निःशुल्क कोरोना परीक्षण गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारेमा जानकारी दिँदै असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाई कर्मचारीहरु, सुरक्षाकर्मीहरुलगायत जोखिम क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा लक्षण देखिएमा परक्षिण निःशुल्क गरिने भएको हो ।

त्यस्तै ती व्यक्तिहरुमध्ये कसैले पनि इन्स्युरेन्स कम्पनीमा कोरोना बिमा गरेको पाइएमा सोहि वीमाबाट उनीहरुको परीक्षण र उपचार हुने पनि मन्त्रालयले जनाएको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा असोज २७ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज २८ बुधवार १७:५९ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...