काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केहि सदस्यको जिम्मेवारी हेरफेर र केहिमा विस्तार गरेका छन् ।
पुनर्गठित मन्त्रिपरिषदमा अर्थ मन्त्रालयको जिम्मेवारीमा विष्णु पौडेललाई ल्याइएको छ । त्यसैगरी सहरी विकासमा कृष्ण गोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लिलानाथ श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी रक्षा मन्त्रालयको जिम्मा भने प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ राखेका छन्। यसअघिका रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने गरी उपप्रधानमन्त्री तोकिएको छ।
कुन मन्त्रालयमा कसकाे जिम्मेवारी ?

वि.सं.२०७७ असोज २८ बुधवार १८:१६ मा प्रकाशित






























