back
CTIZAN AD

कोरोना संक्रमितलाई पनि लोकसेवाको परीक्षामा सहभागी गराउन सर्वौच्चको आदेश

वि.सं.२०७७ असोज २९ बिहीवार

714 

shares

काठमाडौं । सर्वौच्च अदालतले कोरोना संक्रमण भएकै अवस्थामा पनि लोकसेवा आयोगको परीक्षा दिन पाउने गरी व्यवस्थाप गर्न अन्तरिम आदेश जारी गरेको छ । बिहिबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउने गरी व्यवस्था गर्न आदेश जारी गरेको हो । आदेशमा परीक्षार्थीलाई सहभागी हुने वातावरण मिलाउन पनि भनिएको छ ।

‘संक्रमितको स्वास्थ्य अवस्थाको स्वघोषणा गर्ने संक्रमितलाई परीक्षा केन्द्रमा प्रवेश रोक्ने लोक सेवा आयोगको परीक्षा सम्बन्धी मापदण्डले आफू विभेदित, लान्छित र बहिष्करणमा पर्ने डरले संक्रमित व्यक्तिले आफू संक्रमित भएको अवस्थाको घोषणा नगर्ने र यसले सबैलाई जोखिममा पुर्‍याउने अवस्थाको सिर्जना हुन जान्छ,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘संक्रमित लक्षणविहीन व्यक्ति पनि संक्रमित हुन सक्ने हुँदा संक्रमणको अवस्था नखुलेका व्यक्ति पनि परीक्षा केन्द्रमा हुन सक्ने र परीक्षामा आएका परीक्षार्थी, कर्मचारी तथा उनीहरुको सम्पर्कमा आउने व्यक्ति पनि संक्रमणको जोखिममा पुगी प्रत्येक व्यक्तिको बाँच्न पाउने संवैधानिक अधिकारमा समेत असर पर्ने देखिंदा यसले महामारीको स्थितिमा थप भयावहता ल्याउने छ।’

मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा संचालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ को बुँदा ८९१० को कार्यान्वयन नगर्न नगराउन सर्वोच्चले भनेको हो।

आयोगले हालै जारी गरेको ‘संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७’ को बुँदा ८ को १ ले परीक्षार्थीले आफू कोरोना संक्रमित भएरनभएको स्वंय घोषणा गर्नुपर्ने र संक्रमित भए परीक्षा केन्द्रमा जान हुने छैन भन्ने उल्लेख गरेको थियो।

मानव अधिकार रक्षक संजालसँग आबद्ध शैलेन्द्रप्रसाद अम्बेडकरले बुधबार आयोगको व्यवस्थाले आफूहरूको संविधान प्रदत्त हकको हनन भएको भन्दै आयोगविरुद्ध रिट दायर गरेका थिए।

वि.सं.२०७७ असोज २९ बिहीवार १७:४६ मा प्रकाशित

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र छपाइ तथा सूचना प्रणाली व्यवस्थापनको...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...