back
CTIZAN AD

उद्यमशीलताका लागि बनेका समुदायको ‘वन ऐन तल्लो तहसम्म पुग्न सकेनन्’

वि.सं.२०७७ असोज २९ बिहीवार

924 

shares

२९ असोज, काठमाडौं । सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष भारती पाठकले वनमार्फत उद्यमशीलताका लागि बनेका ऐन समुदायको तल्लो तहसम्म पुग्न नसकेको बताएका छन ।

महासङ्घले आफूमा आबद्ध विभिन्न जिल्लाका पदाधिकारीलाई आज दिएको घरेलु उद्यमसम्बन्धी भर्चुअल तालीममा अध्यक्ष पाठकले उद्यम सञ्चालनमा सानादेखि ठूलासम्मका विषयमा समस्या उत्पन्न हुँदै आएको जिकिर गरे । “उद्यम सञ्चालनका लागि सरकारीस्तरबाटै सहज नीति बन्न सकेको छैन”, उनले थपे, “गरीब, विपन्न, महिला र पछाडि परेका समुदायलाई माथि उठाउने किसिमबाट उद्यमशीलताको विकास गर्नुपर्छ ।”

महासङ्घका महासचिव बिर्ख शाहीले वनको नीतिगत सुधारमा लाग्नुपर्ने तर्क राख्नुभयो भने सचिव ठाकुर भण्डारीले नेपाली बजार बिचौलियाको हातमा रहेकाले सरकारीस्तरबाटै उत्पादित सामानको बिक्रीवितरणमा ठोस नीति ल्याउनु आवश्यक रहेको बताए।सो अवसरमा महासङ्घका कानूनी सल्लाहकार दिलराज खनालले तालीमबाट प्राप्त सुझावका आधारमा वन क्षेत्रमार्फत उद्यमशीलता विकासका लागि सरकारलाई प्रतिवेदन बुझाइने जानकारी दिए।

त्यस्तै सहभागीले स्थानीय तहका जनप्रतिनिधिलाई वन उद्यमसम्बन्धी छलफलमा सहभागी गराउनुपर्ने, सरोकार निकायसँग छलफल अगाडि बढाउनुपर्ने, उद्यमशीलताका लागि आएको बजेट खुलाउनुपर्ने, स्थानीय महासङ्घमार्फत सहकारी सञ्चालन गरी जिल्लाभरि काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने, उद्यम सञ्चालनमा देशभर एकैखाले ऐन बनाउनुपर्नेलगायत सुझाव दिएका थिए । रासस

वि.सं.२०७७ असोज २९ बिहीवार १७:१४ मा प्रकाशित

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...