back
CTIZAN AD

नेपाल प्रहरी अस्पताल महाराजगंजमा टेलिमेडिसिन सेवा शुभारम्भ

वि.सं.२०७७ असोज २९ बिहीवार

729 

shares

२९ असोज, काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगंजमा टेलिमेडिसिन सेवा शुभारम्भ गरिएको छ । ६५औं प्रहरी दिवस २०७७ को उपलक्ष्यमा संचालनमा ल्याइएको उक्त सेवाको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीबार अस्पतालमा आयोजित कार्यक्रमबीच उद्घाटन गरे । साथै उनलेले उक्त सेवाको निरीक्षण समेत गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले विभिन्न सेवामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गर्दै टेलिमेडिसिन सेवा अहिलेको परिवेशमा निकै सन्दर्भिक रहेको तथा दूर दराजमा भएका प्रहरी कर्मचारीहरुले अस्पतालको सेवा प्राप्त गरी लाभान्वित हुने उल्लेख गरे ।

प्रारम्भमा परामर्शको सेवा प्रदान गर्ने रुपमा संचालन हुने टेलिमेडिसिन सेवालाई आगामी दिनमा थप परिस्कृत गरेर औषधी पनि वितरण गर्न सक्ने प्रणालीमा विकास गर्न सकेमा प्रहरी कर्मचारीहरु अझ बढी लाभान्वित हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले त्यसतर्फ अस्पताल प्रशासन अगाडि बढ्ने विश्चास व्यक्त गरे । कोभिड(१९ भाइरसबाट सिर्जित विषम परिस्थितिमा नेपाल प्रहरी अस्पतालबाट भएको उपचार लगायत विविध क्रियाकलापको प्रशंसा गर्दै उजले अस्पतालका सेवाग्राहीप्रति शिष्ट व्यवहारका साथ प्रस्तुत हुन कार्यरत प्रहरी कर्मचारीहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डाआशा सिंहले टेलिमेडिसिन सेवाबारे प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा ई-हेल्थलाई संस्थागत गर्दै मोबाइल हेल्थ, टेलिमेडिसिन लगायत अन्य आधुनिक प्रविधिको विकास, विस्तार तथा नियमन गर्ने ब्यवस्था भए अनुरुप सेवा संचालन गरिएको जानकारी दिए।

प्रहरी नायव महानिरीक्षक डा।रामकृष्ण राजभण्डारीले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक डा।आशिष दत्तले नेपाल प्रहरी अस्पतालबाट कोभिड(१९ नियन्त्रणमा भएका कार्यहरु सम्बन्धि प्रस्तुतीकरण गरेका थिए ।

उद्‍घाटनको अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०७७ असोज २९ बिहीवार १७:५८ मा प्रकाशित

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...