back

अब पाठेघरको मुखको क्यान्सर परीक्षण पनि निःशुल्क

वि.सं.२०७३ पुस २३ शनिवार

672 

shares
GLOBAL IME AD
NTC AD

२३ पुस,काठमाडाँै  । महिलामा सबैभन्दा बढी देखिने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशभरका सरकारी अस्पतालले निःशुल्क परीक्षण सेवा दिने भएका छन् ।

स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पताललाई पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा (प्याप स्मेयर टेस्ट) निःशुल्क उपलब्ध गराउन शुक्रबार निर्देशन दिएको छ । नेपालका महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिएको छ ।

मन्त्रिपरिषद्को गत असोज २२ गते बसेको बैठकले देशभरका सबै सरकारी अस्पतालबाट प्याप स्मेयर परीक्षण निःशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार मातहतका सबै क्षेत्रीय कार्यालयलाई पत्राचार गरेको मन्त्रालयका शाखा अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।

भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा सृष्टि प्रजापतिका अनुसार यस सङ्क्रमणलाई प्रि क्यान्सर भनिन्छ । यसको भाइरसले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्छ । समयमै सङ्क्रमण पत्ता लगाउन नसके आठ÷दश वर्षपछि क्यान्सरमा परिणत हुन्छ । “सङ्क्रमण भए÷नभएको प्याप स्मेयर टेस्ट (गर्भाशय स्राव परीक्षण) गरेर पत्ता लगाउन सकिन्छ,” प्रजापतिले भन्नुभयो ।

परिक्षण पाँच मिनेटदेखि १५ मिनेटमा गर्न सकिन्छ । प्याप स्मेयर गर्दा दुई दिन अगाडिदेखि यौन सम्पर्क गर्नु हुँदैन । साथै सो परीक्षण महिनावारी भएका बेला गर्न मिल्दैन । परीक्षणका लागि सकभर एक हप्ताअघि एन्टिबायोटिक औषधि खानु हुँदैन । परीक्षण ३५ वर्षदेखि ६० वर्षका महिलाले वर्षको कम्तीमा एकपटक अनिवार्य रूपमा गर्नुपर्छ । परीक्षणले भविष्यमा ठूलो धनजनको क्षति हुनबाट बचाउँछ ।

चिकित्सकका अनुसार सो परीक्षण पहिला छ महिनाको फरकमा तीनपटक गर्नुपर्छ । तीनैपटक परीक्षणमा नकारात्मक देखिएमा फेरि एक वर्षपछि परीक्षण गर्नुपर्छ । यसमा पनि नकारात्मक देखिएमा तीन वर्षपछि परीक्षण गराउनुपर्छ । यसमा पनि नकारात्मक देखिएमा पाँच वर्षपछि परीक्षण गर्नुपर्छ ।

यसको प्रक्रिया लामो भएकाले बीचमा परीक्षण गर्न नै छाड्ने गरेको पाइन्छ । तर परीक्षण गर्न छाड्न नहुने डा प्रजापति बताउनुहुन्छ । क्यान्सर जतिबेला पनि हुनसक्ने भएकाले यसतर्फ सचेत हुन उहाँको भनाइ छ । रासस

वि.सं.२०७३ पुस २३ शनिवार १३:०२ मा प्रकाशित

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका...

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

मेलम्चीको पानी बितरण विस्तार

मेलम्चीको पानी बितरण विस्तार

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)...

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः उद्योग उद्योग

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः उद्योग उद्योग

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको राष्ट्रिय...

कारको ठक्करबाट घाइते बालकको मृत्यु

कारको ठक्करबाट घाइते बालकको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ कात्यानी चोकमा कारको ठक्करबाट घाइते भएका...