back
CTIZAN AD

कृषि तथा वन विज्ञान विश्व विद्यालयको रजिष्ट्रारका लागि ११ जनाको आवेदन

वि.सं.२०७७ कात्तिक १ शनिवार

864 

shares

१ कात्तिक, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको रिक्त रजिष्ट्रार पदमा ११ जनाको आवेदन परेको छ । विश्वविद्यालयले गत असोज २२ गते रजिष्ट्रार र दुई सङ्कायका डिनका लागि आवेदन खुलाएको थियो ।

विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीका अनुसार रजिष्ट्रारका लागि ११, कृषि सङ्कायको डिनका लागि सात र पशु विज्ञान, पशुचिकित्सा र मत्स्य विज्ञान सङ्कायका लागि आठ जनाको आवेदन परेको छ ।

रजिष्ट्रारका लागि प्राडा अरविन्द श्रीवास्तव, प्राडा कालिकाबहादुर अधिकारी, प्राडा केशव अधिकारी, प्राडा दिलीपकुमार झा, प्राडा पुष्करबहादुर पाल, प्राडा बलरामकुमार भट्ट, प्राडा भूमिनन्द देवकोटा, प्रा मुकेशकुमार सिंह, प्राडा मोहन शर्मा, प्राडा शारदा थपलिया र प्रा श्यामशङ्कर झाको आवेदन परेको उनले जानकारी दिए ।

कृषि सङ्कायका डिनका लागि प्राडा अर्जुनकुमार श्रेष्ठ, प्राडा अरविन्द श्रीवास्तव, प्राडा कल्याणी मिश्र त्रिपाठी, प्रा जयप्रकाश दत्त, प्रा विष्णुराज ओझा, डा शिवचन्द्र ढकाल र डा सन्तोष मरहट्ठाको आवेदन परेको छ । पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान सङ्कायकको डिन पदका लागि प्राडा पुष्करबहादुर पाल, प्राडा भूमिनन्द देवकोटा, डा मनोजकुमार शाह, प्रा मातृकाप्रसाद जमरकट्टेल, प्रा मुकेश कुमार सिंह, प्राडा सुनिला राई, डा सुवीर सिंह र प्राडा होमबहादुर बस्नेतको आवेदन परेको छ ।

उपकुलपति रेग्मीले रजिष्ट्रार छनोटका लागि समिति बनाउन लागिएको जानकारी दिनुभयो । समितिले पाँच दिनभित्र आवेदक मध्येबाट तीन जनालाई छनोट गर्ने छ । उनीहरु मध्येबाट एक जनालाई रिक्त रजिष्ट्रार पदमा नियुक्तिका लागि कुलपतिसमक्ष सिफारिस गर्ने उनले बताए।

डिनको नियुक्ति भने कार्यकारी परिषद्बाट हुनेछ । सबै काम यथाशीघ्र सम्पन्न गरी आगामी मङ्सिर १५ भित्र विश्वविद्यालय सभा ९सिनेट० बस्ने तयारी गरिएको उनले जानकारी दिए। सिनेटमा विश्वविद्यालयका सदस्यसचिव एवं रजिष्ट्रारले वार्षिक बजेट पेश गर्नुपर्ने हुन्छ ।

गत वर्षको भदौदेखि विश्वविद्यालयको उपकुलपति पद रिक्त रहेको थियो । सरकारले गत असोज ९ गते प्रा डा रेग्मीलाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेको थियो । गत माघ १२ देखि रजिष्ट्रार र गत जेठ १ देखि दुई सङ्कायका डिन रिक्त छ ।

विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष पनि रिक्त छ । गएको एक वर्षभन्दा बढी समय निमित्तको भरमा विश्वविद्यालय चल्दा विश्वविद्यालय अस्तव्यस्त अवस्थामा पुगेको छ । सरकारले २०६७ असारमा कृषिको अध्ययन, अनुसन्धान र प्रसारलाई एकीकृत रुपमा अघि वढाउन यस विश्वविद्यालय स्थापना गरेको हो । रासस

वि.सं.२०७७ कात्तिक १ शनिवार १३:०९ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...