back
CTIZAN AD

ट्यिुमरको उपचारका लागि दक्षिण कोरियाद्वारा सहयोग

वि.सं.२०७३ पुस २३ शनिवार

957 

shares

२३ पुस,पाँचथर  । पाँचथरको फिदिम नगरपालिका– ८ चोकमागुकी २१ वर्षीया आशा तुम्बापोको उपचारका लागि दक्षिण कोरियास्थित तुम्बापो सेवा समाजले रु. दुई लाख ७७ हजार दुई सय सहयोग गरेका छन् ।

आशाको ठूलो आन्द्रामा ट्यिुमर पलाई आन्द्रा कुहिएर छिनेको अवस्थामा झापाको ओमसाई अस्पताल भद्रपुरमा आकस्मिक शल्यक्रिया भई अहिले थप उपचार भइरहेको छ ।

आशाको उपचारमा हालसम्म रु तीन लाख खर्च भइसकेको र अझै रु. पाँचदेखि ६ लाखसम्म खर्च हुने उपचारमा संलग्न चिकित्सकले जनाएको आशाका बाबु देशहाङ तुम्बापोले बताउनुभयो ।

आशाको जीवन बचाउन दक्षिण कोरियामा रहेका नेपालीहरुबाट सहयोग रकम सङ्कलन गरी पठाइएको तुम्बापो सेवा समाज दक्षिण कोरियाका प्रतिनिधि अर्जुन तुम्बापोले बताउनुभयो ।

कमजोर आर्थिक अवस्था भएको आशाको परिवारलाई थप सहयोग गर्न आफूहरु पनि लागिरहेको तुम्बापो सेवा समाजका केन्द्रीय सदस्य सुवास तुम्बापोले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार आशाको उपचारका लागि विभिन्न स्थानबाट सहयोग रकम प्राप्त हुने क्रम जारी छ । रासस

वि.सं.२०७३ पुस २३ शनिवार १३:१७ मा प्रकाशित

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा...