back
CTIZAN AD

रु. १३ करोड भन्दा बढीको सुन्तला उत्पादन

वि.सं.२०७३ पुस २३ शनिवार

1.1K 

shares

orange२३

पुस,बागलुङ  । जिल्लामा यो वर्ष रु तेह्र करोड भन्दा बढीको सुन्तला उत्पादन भएको छ ।

जिल्लामा गत वर्षको तुलनामा यो वर्ष १० प्रतिशतले उत्पादन बढेको छ । जिल्लाभरी तीन हजार ४०० मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय बागलुङका कृषिप्रसार अधिकृत विप्लब अधिकारीले जानकारी दिनुभयो ।

सरदर रु. ४० प्रति किलोमा बिक्री भएको सुन्तलाबाट किसानले रु १३ करोड ६० लाख आम्दानी गरेको अधिकृत अधिकारीले बताउनुभयो ।

कात्तिक–मङ्सिरमा रु. ३५ देखि ४० मा बिक्री हुने सुन्तलाको मूल्य अहिले बढेर रु. ६० देखि ७० पुगेको छ । कुल उत्पादनमध्ये ७० प्रतिशत जिल्ला बाहिर निकासी र ३० प्रतिशत सुन्तला जिल्लामै खपत हुने गरेको अधिकृत अधिकारीले बताउनुभयो ।

यसरी बाहिर निकासी भएको दुई हजार ३८० टन सुन्तलाबाट रु नौ करोड ५२ लाख रकम जिल्लामा भित्रिएको छ भने रु चार करोड आठ लाखको सुन्तला जिल्लाभित्रै बिक्री भएको छ ।

यो वर्ष जिल्लामा पाँच सय ९८ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएको छ । अघिल्लो वर्षसम्म चार सय ९७ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको थियो ।

बगैँंचा, रोग, कीराको व्यवस्थापन, प्रविधि, सामग्रीको प्रयोग, उतपादनशील बोटको वृद्धि, अनुकुल मौसम जस्ता कारणले यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । ‘यो वर्ष मौसम पनि अनुकुल प¥र्यो, फूल खेल्दा असिना, हावा, हुरी चलेन’ अधिकृत अधिकारीले भन्नुभयो– ‘उत्पादनशील बिरुवा पनि योवर्ष बढे ।’ गत वर्ष चार सय ९७ हेक्टर क्षेत्रफलमा जम्मा दुइृ हजार ९९६ मेट्रिक टन सुन्तला फेलेको थियो ।

बागलुङमा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, चितवन, बुटबल, गुल्मीलगायतका ठाउँमा निर्यात हुने गरेको छ । यहाँका किसानले सुन्तला भण्डारणसमेत गरेर पछिसम्म बिक्री गर्ने गरेका छन् । फागुन–चैतमा प्रतिकिलो सुन्तला रु एक सय भन्दा बढीमा बिक्री हुने गरेका छन् ।

सुन्तला व्यापारी किसानको बगैँचामै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । कतिपय व्यापारीले सुन्तलाको बोट नै ‘ठेक्का’ मा लिने गरेको बिहुँ गाविसका अगुवा किसान बालानन्द कँडेलले बताउनुभयो । एकै किसानले सुन्तला बिक्रीबाट लाखाँैं रुपैयाँ आम्दानी गरेका छन् । जिल्लाका दर्जन बढी गाविसलाई जिल्ला कृषि विकास कार्यालयले सुन्तलाको ‘पकेट क्षेत्र’को रुपमा घोषणा गरेको छ ।

सबैभन्दा बढी बिहुँ गाविसमा सुन्तलाखेती विस्तार भएको छ । उक्त गाविसमा मात्र १२ हजार भन्दा बढी बोटले फल दिइरहेको कृषक बताउँछन् । वर्षमा रु चार करोड बराबरको सुन्तला बिहुँ गाविसमा मात्र उत्पादन हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयले उक्त गाविसलाई ‘सुन्तला गाउँ’को रुपमा घोषणा गर्ने योजना पनि बनाएको छ ।

वि.सं.२०७३ पुस २३ शनिवार १३:१६ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

काठमाडौं । प्रोग्रेसन होल्डिङ्स लिमिटेड (साबिक प्रोग्रेसन प्रोजेक्ट्स लिमिटेड) ले आफ्नो...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...