back
CTIZAN AD

धान उत्पादन हालसम्मकै अधिक

वि.सं.२०७३ पुस २३ शनिवार

1K 

shares

rice

२३ पुस, काठमाडौँ । खेतीयोग्य जमिन क्रमशः बाझो हँुदै गए पनि नेपालको प्रमुख खाद्यान्नबाली धान उत्पादनमा २१ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएका छन् ।

गत वर्ष ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष बढेर ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन भएको छ । यो उत्पादन हालसम्मकै उच्च हो ।

आर्थिक वर्ष ०६९/७० मा १५ लाख ३१ हजार ४९३ हेक्टर क्षेत्रफलमा ५० लाख ७२ हजार २४८ मेट्रिक टन, ०७०/०७१ मा १४ लाख २० हजार ५७० हेक्टरमा ४५ लाख चार हजार ५०३ मेट्रिक टन, ०७१/७२ मा १४ लाख ८६ हजार ९५१ हेक्टर क्षेत्रफलमा ५० लाख ४७ हजार ४७ मेट्रिक टन र ०७२/७३ मा १४ लाख २६ हजार ९५१ हेक्टर क्षेत्रफलमा ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

यसवर्ष विशेष गरी तराईको झापा, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, मोरङ र रौतहटलगायतका १० जिल्लामा धानको उत्पादनमा वृद्धि भएकाले राष्ट्रिय उत्पादनमा बढत्तरी देखिएको छ । तर पनि पाँचलाख मेट्रिक टन धान अझै अपुग हुने तथ्याङ्क सार्वजनिक गरेको छ ।

धान नेपालको प्रमुख खाद्यन्नबाली हो । धानको उत्पादन बढ्दा कूलगार्हस्थ उत्पादनमा टेवा पुग्दछ भने घट्दा आर्थिक स्थिति तल झर्छ । नेपालमा चैते धान, बर्षे धान र घँैया धानकोखेती हुँदै आएको छ । कूलगार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशतमध्ये धानको मात्र २० प्रतिशत छ ।
कृषि विकास मन्त्रालयका सहसचिव एवम् प्रवक्ता योगेन्द्रकुमार कार्कीले रासायनिक मल र बीउको अभाव नभएको तथा समयमा वर्षा भएकाले जमिन बाँझो हुन नपाएकाले धानको उत्पादनमा वृद्धि भएको बताउनुभयो ।

त्यस्तै कृषि प्रविधिको विकास तथा सिफारिस गरिएका धानका उन्नत जात किसानले लगाएका कारण उत्पादनमा बृद्धि भएको हो । तराईमा सावित्री, विन्देश्वरी, राधा चार, पहाडमा खुमल ४, १० र ११ तथा उच्च पहाडमा चन्दननाथ आदिको उत्पादकत्व स्थानीय जातको भन्दा दोव्बर रहेको तथा सिफारिस गरिएका धानका जातले ढाकेको क्षेत्रफल ९० प्रतिशत भन्दा बढी रहेका कारण धान उत्पादन बढेको कृषि विभागका महानिर्देशक युवकध्वज जिसीले जानकारी दिनुभयो ।

कुल खेतीयोग्य जमिन ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमध्ये यसवर्ष करिब एक लाख ८९ हजार हेक्टर भन्दा बढी जमिनमा धानखेती भएको छ । जुन गत वर्षभन्दा करिब १४ प्रतिशत बढी हो ।

गतवर्ष ढिलो सुरुभएको मनसुन तथा बन्दका कारण रासायनिक मललगायतका आवश्यक वस्तु सहज ढुवानी हुन नसक्नु तथा इन्धन अभावका कारण भूमिगत सिँचाइमासमेत प्रभाव परेकाले उत्पादन घटेको थियो ।

कृषि विकास मन्त्रालयका तथ्याङ्कशास्त्री रामकृष्ण रेग्मीले वर्षौदेखि बाँझो हँुदै आएको १० लाख ३० हजार हेक्टर जमिनमा धानखेती गर्ने हो भने नेपाली जनसङ्ख्यालाई नपुग पाँच लाख मेट्रिक टन धान सजिलै पुग्ने बताउनुहुन्छ ।

उहाँले खानेबानीमा सुधार गर्ने हो भने यसवर्ष नेपालीले ३२ लाख मेट्रिक टन खाद्यान्नबाली निर्यात गर्न सकिने तर यसका लागि आलुलाई पनि खाद्यान्नका रुपमा प्रयोग गर्नुपर्छ भन्नुभयो । यस आर्थिक वर्षमा आलुको उत्पादन २८ लाख मेट्रिक टन छ ।

आर्थिक वर्ष २०७३/७४ मा धान, मकै, कोदो, फापर (तीते र मीठे) को कूल उत्पादन एक करोड चार लाख मेट्रिक टन भएको छ । हालको जनसङ्ख्यालाई धान्न ९६ लाख मेट्रिक टन खाद्यान्न भएपुग्छ ।

पहिले नेपालमा उत्पादित धान, चामल, निर्यात गर्न सात, आठवटा धान चामल कम्पनी थिए । तर अहिले धान चामल निर्यात गर्ने देश आयात गर्ने देशमा गणना हुनथालेका छन् । वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अहिले प्रतिमहिना रु. एक अर्ब मूल्य बराबरका चामाल आयात हुने गरेको छ ।

विश्वमा चीन, भारत, इन्डोनेसिया, बङ्गलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान धेरै धान उत्पादन गर्ने देशमा पर्छन् । नेपाल विश्वमा सबै भन्दा अग्लो स्थानमा धानखेती गर्ने देशमा गणना हुन्छ । नेपालको जुम्ला जिल्लाको छुमचौरमा जुम्लीमार्सी धानखेती हुन्छ । जसको चामल राम्रो मानिन्छ ।

नेपालको छैठौँं कृषि गणना २०६८– मा एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको र एक लाख २९ हजार हेक्टर उर्वर जमिन बाँझो भएको उल्लेख छ । रासस

वि.सं.२०७३ पुस २३ शनिवार १३:१४ मा प्रकाशित

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौँ । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चार स्थान (साइट)...

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो...