३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारीमा जनताको उपचार नगर्ने सरकार नचाहिने बताउँदै प्रधानमन्त्रीलाई संवेदनशील बन्न र निर्णय सच्याउन आग्रह गरेको छ ।
काग्रेसले कोरोना महामारीबाट जनतालाई जोगाउन सरकार असफल प्रमाणित भइसकेको आरोप लगाउँदै महामारीमा उपचारको दायित्वबाट पन्छिन गरेको सरकारको निर्णय अत्यन्तै ग्रैह जिम्मेवार व्यवहारका रुपमा लिएको बताएको छ ।
‘कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सवैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको हो । सक्रामक रोग उपचारको कानूनी व्यवस्था अनुरुप सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन,’ ‘कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माद्धारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सर्वोेच्च अदालतले केही दिन अघि निःशुल्क रुपमा प्रवन्ध मिलाउन दिएको आदेश सम्म सरकारले पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ ? भन्ने प्रश्न उब्जिएको छ ।’
कांग्रेसले दशै भत्ता लगायत खारेज गरेर जनताको जीवन जोगाउन लगानी बढाउनु सरकारको कर्तव्य रहेको बताउँदै भनेको छ, ‘कर्तव्य आत्मसात गर्न चेतावनी दिँदै नेपाली कांग्रेस कोरोना परीक्षण निःशुल्क रुपमा गरेर महामारीबाट जनतालाई जोगाउन विशेष संवेदनशीलताका लागि प्रधानमन्त्रीजी एवं उहाँको नेतृत्वको सरकारलाई अपिल र आग्रह गर्दछ ।’

वि.सं.२०७७ कात्तिक ३ सोमवार १५:२६ मा प्रकाशित






























