back
CTIZAN AD

विद्युतीय शवदाह गृहमा ‘हाइब्रिड’ यन्त्र सञ्चालनमा ल्याइने

वि.सं.२०७७ कात्तिक ३ सोमवार

1.9K 

shares

३ कार्तिक, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह यन्त्रमा दाउरा राखेर शव जलाउने ‘हाइब्रिड’ यन्त्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । विद्युतीय शवदाह स्थलमा रहेको तीन यन्त्रमध्ये विद्युत् भारका कारण अधिकतम् दुईवटामात्र सञ्चालनमा ल्याउन सकिने भएपछि तेस्रोमा १०० किलोग्राम दाउरा भरी शव राखेर बन्द गर्ने गरी सञ्चालनमा ल्याउन लागेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।

विद्युत्बाट ८०० वाटमा एउटा यन्त्र चलाउनुपर्छ । दुई यन्त्र चलाउन एक हजार ६०० वाट अपुग हुने भएपछि ५०० वाटमात्र विद्युत् प्रयोग हुने गरी दुई यन्त्र सञ्चालन भइरहेको उनले सुनाए । ८०० वाट विद्युत् क्षमतामा शव जलाउँदा ४५ मिनेटदेखि एक घण्टामा जलाइन्छ । ५०० वाट क्षमतामा जलाउँदा डेढ घण्टासम्म लाग्छ ।

विद्युतीय यन्त्रमा दाउरा राखेर शव जलाउने ‘हाइब्रिड’ सञ्चालन गर्न रु ८० लाखसम्म लाग्ने भएकाले अर्को पनि थप्ने कोषको योजना छ । ‘हाइब्रिड’ यन्त्रमा दाउरा राखेर पनि एक घण्टामै शवदाह हुनेछ । प्रारम्भिक रुपमा परालको शव बनाएर यो यन्त्रमा परीक्षण गरिएको छ । प्रारम्भिक परीक्षण सफल भएको कोषले जनाएको छ । मङ्गलबार बेवारिसे शव हालेर अन्तिम परीक्षण गर्ने गरी तयारी भएको कोषले जनाएको छ ।

‘हाइब्रिड’ शवदाह गृहमा १०० केजी दाउरा लाग्ने भएकाले रु चार हजार दाउरामै खर्च हुन्छ । यो यन्त्रमा कति शुल्क लिने भन्ने परीक्षणपछि कार्यविधि बनाएर निश्चित गरिने कार्यकारी निर्देशक खतिवडाले बताए । विद्युतीय शवदाह गृहमा रु चार हजार ५०० शुल्क तोकिएको छ । भष्मेश्वरघाट र आर्यघाटमा सजावट नगरी शवदाह गर्दा न्यूनतम् रु १५ हजारसम्म शुल्क लाग्ने कोषले जनाएको छ । हाल विद्युतीय शवदाहगृह रहेको पारिपट्टि काठमाडौँ महानगरपालिकाले तीन विद्युतीय शवदाह नै बनाउने गरी गत हप्ता कोषसँग सम्झौता गरेको छ । महानगरले आफ्नो लगानीमा गृह निर्माण गरी कोषलाई हस्तान्तरण गर्ने जनाइएको छ ।(रासस)

वि.सं.२०७७ कात्तिक ३ सोमवार १८:३३ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...