५ कार्तिक, काठमाडौं । भारतको नयाँदिल्लीमा अलपत्र परेका दुई महिलाको माइती नेपालको पहलमा उद्धार गरी धनगढी पु¥याइएको छ ।
कुवेतमा नोकरी लगाइदिने भन्दै दलालले दिल्ली पु¥याएर अलपत्र पारेपछि मकवानपुरकी ५२ वर्षीया महिला र रौतहट माइतीघर भई भारतको बिहार घर भएकी २९ वर्षीया महिलाको उद्धार गरिएको हो । २९ वर्षीया महिलासँग दुई नाबालक छोरीसमेत थिए ।
घरमा सासू, ससुरा, देवर र श्रीमान्को दुव्र्यवहार झेल्दै आउनुभएकी उहाँ दलालको फन्दामा परेर दिल्ली पुग्नुभएको पाइएको माइती नेपाल धनगढी शाखा प्रमुख शिवनारायण चौधरीले बताए । उद्धारका लागि पीडित माइती पक्षले दिएको निवेदनपछि उहाँको उद्धार गरिएको जनाइएको छ ।
यस्तै कुवेत जानका लागि दिल्लीमा पासपोर्ट बनाउन आउनु भन्दै दलालले दिल्ली पु¥याएर अलपत्र पारेकी मकवानपुरकी ५२ वर्षीया महिलाको पनि उद्धार गरिएको छ । दिल्लीमा एक नेपाली महिलाको सम्पर्कमा आएपछि उहाँको उद्धारको पहल गरिएको थियो । प्रलोभनमा पारी यी दुई महिलालाई दिल्ली पु¥याउने दलाल भने फरार भएको जनाइएको छ ।
यसअघि गत असोजमा पनि माइती नेपालले दलालको फन्दामा परेर भारत जाँदै गरेकी नवलपरासीकी एक महिलाको पनि कैलालीको त्रिनगर सीमानाकाबाट उद्धार गरेको थियो । “दिल्लीमा रहेको दलालले महिनामा रु ४० हजार पाइन्छ भन्दै उतै बोलाएका रहेछन्”, चौधरीले भन्छन् ्“उहाँ दिल्ली जाँदै गर्दा त्रिनगरनाकाबाट उद्धार गरेका थियौँ ।” रासस
वि.सं.२०७७ कात्तिक ५ बुधवार १३:३२ मा प्रकाशित





























