५ कात्तिक, काठमाडौं । सुनको भाउमा एकैदिन ८ सय रुपैयाँले वृद्दि भएको छ ।
सोमबार र मंगलबार प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज एकैदिन ८ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको भाउ प्रतितोला ९५ हजार रुपैयाँ रहेको छ भने चाँदी प्रतितोला १२४० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७७ कात्तिक ५ बुधवार १५:०९ मा प्रकाशित





























