५ कात्तिक, कतार । प्रवासी नेपाली एकता मन्च कतारको रिक्त रहेको पदपूर्ति गरिएको छ ।
मन्चका सचिव मोहन कार्कीका अनुसार अक्टोबर २० का दिन आयोजित मन्चको भर्चुअल बैठकले मन्चमा रिक्त रहेका तथा मोनिनत सदस्यहरुको पदपूर्ति गरिएको हो ।
महासचिव कार्कीका अनुसार मनोनित सदस्यहरुमा रेशम आले मगर, प्रेम बहादुर विश्वकर्मा, जितेन भण्डारी, शेषराज तिमिल्सिना र हेम बगाले रहेका छन् ।
सचिव कार्कीले मनोनित सदस्यहरुलाई बधाई दिँदै सबैले संगठनको हितमा अग्रणी भूमिका खेल्ने विश्वास आफूले लिएको बताएका छन् ।
मन्चले पूर्वअध्यक्षहरुलाई सम्मानित गर्दै १० सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।
संयोजक पछि तोक्ने गरी गठन गरिएको उक्त समितिको सदस्यहरुमा कलम गुरागाईँ, सनि कुमार ओली, नरेश श्रेष्ठ, होम नाथ शर्मा, रामहरि गैरे, रमेश भट्ट, रकम राई, प्रेम बिके, हरि बस्नेत र टीका राम भण्डारी रहेका छन् ।
वि.सं.२०७७ कात्तिक ५ बुधवार १५:२८ मा प्रकाशित






























