काठमाडौं । कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षा तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।
सूचनामा जनाइएअनुसार ९ गतेदेखि सुरु हुने परीक्षा कार्यक्रम मंसिर १६ मा सकिनेछ ।
बोर्डले कोरोना संक्रमित विद्यार्थीलाई परीक्षा सहभागी नहुन अनुरोध गरेको छ । बोर्डले जनाएअनुसार त्यस्ता विद्यार्थीको लागि पछि पुनः परीक्षा सञ्चालन हुनेछ ।
यस्तो छ परीक्षा तालिका

वि.सं.२०७७ कात्तिक ५ बुधवार १७:२८ मा प्रकाशित






























