५ कात्तिक काठमाण्डौं । नेपालमा बुधबार ( ५ कात्तिक) सम्म पिसीआर प्रविधिबाट १३ लाख ३४ हजार ८९७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट २०,११८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ४४ हजार ४७६ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १४ हजार ६७६ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २९ हजार ८०० रहेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २६९ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३१, प्रदेश २ मा ९, बागमती प्रदेशमा १५२, गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ४७, कर्णाली प्रदेशमा ७ र सुदुरपश्चिममा २ जना गरी जम्मा २६९ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा १६ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा ५९ जना, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा ५ र सुदूरपश्चिममा २ जना गरी जम्मा ८७ जना देशैभरीका विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौ,चितवन, भक्तपुर, दाङ, बाँके र रुपन्देही गरी ११ वटा रहेका छन् ।
त्यस्तै आज थपिएका ५७४३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । साथै आज २९९६ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ ।
त्यस्तै आज थपिएका २६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९१ पुगेको छ ।
आज एकैदिन ५,७४३ जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए ३१०७ जना
नेपालमा आज काठमाडौं उपत्यकाका ३१०७ जनासहित देशैभरी ५,७४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २,३९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा गरिएको २० हजार ११८ नमुना परीक्षणमा ५,७४३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १४, उदयपुरमा ६, ओखलढुंगामा ४, खोटाङमा १, झापामा १२०, धनकुटामा ११, मोरङमा ३६५, संखुवासभामा ४, पाँचथरमा ३, भोजपुरमा २, सुनसरीमा १६० र सोलुखुम्बुमा ६ जना गरी गरी आज प्रदेशमा ६९६ जना नयाँ संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा ३०, पर्सामा १३, बारामा १४, महोत्तरीमा ६, रौतहटमा १४, सप्तरीमा १७, सर्लाहीमा ११ र सिराहामा २२ जना गरी प्रदेशमा आज १२७ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा २३९१, काभ्रेपलान्चोकमा ५०, चितवनमा १४७, दोलखामा १८, धादिङमा ९८, नुवाकोटमा २०, भक्तपुरमा १७३, मकवानपुरमा ८५, रसुवामा २, सामेछापमा ६, ललितपुरमा ५४३ र सिन्धुपाल्चोकमा ५६ र सिन्धुलीमा ५ गरी आज प्रदेशमा ३५९४ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा १७५, गोरखामा २९, तनहुँमा ३२, नवलपरासीपुर्वमा ४०, लमजुङमा ६, बागलुङमा २९, पर्वतमा २२, म्याग्दीमा २, लमजुङमा ६ र स्याङजामा १४ जना गरी प्रदेशमा आज ३४९ नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ६, कपिलवस्तुमा ३४, गुल्मीमा ९, दाङमा १०८, नवलपरासीमा २०, पाल्पामा २०, प्युठानमा १७, बर्दियामा २१, बाँकेमा १०९, रुकुमपुर्वमा ४, रोल्पामा २ र रुपन्देहीमा २४१ गरी प्रदेशमा आज ५९१ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको कालिकोटमा १६, जाजरकोटमा ४, जुम्लामा १०, दैलेखमा २६, सल्यानमा २९ र सुर्खेतमा ११८ र हुम्लामा ३ जना गरी प्रदेशमा आज २०६ जना संक्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा १२, अछाममा ४, कैलालीमा ३७, डडेल्धुरामा ४, डोटीमा ४३, दार्चुलामा ५३ बैतडीमा २ र बझाङमा २५ जनासहित प्रदेशमा आज १८० जना संक्रमित थपिएसँगै आज देशैभरी ५७४३ जना संक्रमित थपिएका छन् । जसमा महिला २१५१ र पुरुष ३५९२ जना रहेका छन् । आज थपिएका ५७४३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।
आज एकैदिन २९९६ कोरोना संक्रमित निको भएर डिस्चार्ज
नेपालमा आज २९९६ जनाले कोरोना जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २९९६ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका २९९६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ८५५०, प्रदेश २ मा १५,७९९ बागमती प्रदेशमा ४५८६२, गण्डकी प्रदेशमा ४९७१, लुम्बिनी प्रदेशमा १२४२८, कर्णाली प्रदेशमा ३९८७ र सुदूरपश्चिम प्रदेशमा ८००८ जना गरी हालसम्म जम्मा ९९ हजार ६०५ जना निको भएका हुन् ।
यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ३०८, प्रदेश २ मा ८९, बागमती प्रदेशमा ३०१, गण्डकी प्रदेशमा ६५७, लुम्बिनी प्रदेशमा १०५४,कर्णाली प्रदेशमा ४१६ र सुदूरपश्चिम प्रदेशमा १२४० जना गरी हालसम्म जम्मा ४,०६५ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।
यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश १ मा १३८८ प्रदेश २ मा ५०२, बागमती प्रदेशमा ९,३२८, गण्डकी प्रदेशमा ११३३, लुम्बिनी प्रदेशमा ११३३,कर्णाली प्रदेशमा ५९४, सुदूरपश्चिम प्रदेशमा ५९८ जना गरी हालसम्म जम्मा १४,६७६ जना विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचाररत छन् ।
होम आइसोलेसनमा रहनेको संख्या २९ हजार नाघ्यो
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ५१३८, प्रदेश २ मा .९४५, बागमती प्रदेशमा १७,७७४ गण्डकी प्रदेशमा ९७५ लुम्बिनी प्रदेशमा ३४४०, कर्णाली प्रदेशमा ८१० र सुदूरपश्चिम प्रदेशमा ७१८ जना गरी हालसम्म जम्मा २९ हजार ८०० जना होम आइसोलेसनमा रहेका छन् ।
कोरोना संक्रमणबाट आज एकैदिन २६ जनाको मृत्यु, मृतकको ७९१ पुग्यो
५ कात्तिक, काठमाडौं । नेपालमा आज एकैदिन कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्युहुनेको संख्यामा अहिलेसम्मकै बढी हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका २६ जनाको मृत्यु भएको छ ।
आज थपिएका २६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९१ पुगेको छ ।
यस्तो छ हेर्नुहोस् नेपालमा आजसम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ कात्तिक ५ बुधवार १८:०१ मा प्रकाशित






























